एसईई परीक्षार्थी २०७८ लाई उच्च सफलताको शुभकामना

रमेशप्रसाद लामिछाने, हेटौंडा
२०७९ बैशाख ९, शुक्रबार १२:५२

१. वि.सं. १९९० सालबाट प्रारम्भ भएको एसएलसीको इतिहासमा २०७६ र २०७७ सालका २ वटा परीक्षाहरु कोरोना महामारीका कारणले हुन सकेनन् । गएका दुबै वर्षहरुमा परीक्षा नियन्त्रण कार्यालयले भिन्न कार्यविधि बनाएर उक्त कक्षाका विद्यार्थीहरुको मूल्यांकन गर्न सबै विद्यालयहरुलाई निर्देश गरे बमोजिम विधि पूरा गरी कक्षा प्रमोशनको काम सम्पन्न गरिएका थिए । यद्यपि कोरोनाकालको बीना परीक्षाको प्रमाणपत्र लिनुपरेकाले कतिपय विद्यार्थीहरुले खिन्नता महसुस गरेका चर्चा बाहिर आएकै हुन् ।

त्यस्तो पीडाका क्षणहरु कहिल्यै नपरोस र निर्वाध रुपमा परीक्षा लिनेदिने वातावरणको हामी कामना गर्दछौं । यस वर्षको एसईई परीक्षा मिति २०७९साल वैशाख ९गते शुक्रवार बिहान ८ बजेबाट सञ्चालन हुँदैछ । तत्कालिन एसएलसी फलामे ढोका भनेर बुझिन्थ्यो । त्यत्तिबेला यो विद्यालयतहको अन्तिम परीक्षा थियो भने हाल ऐनकानुनले कक्षा १२ सम्म विद्यालयतहको शिक्षा भनेपछि पछिल्ला वर्षहरुमा यो हाउगुजी हराउँदै गएको छ । नतिजा डिभिजनमा, विषयगत अंकको आधारमा हुन्थ्यो भने उक्त अंक अहिले ग्रेडमा बदलिएको छ । यो अर्को परिवर्तन भन्नुपर्छ ।

२. यसबर्षको एसईई
परीक्षामा नियमित परीक्षाथी ५,१४७,६० जना सहभागी हुने भनिएको छ । जबकि अहिले कक्षा १० मा हुने विद्यार्थीहरु २०६९ सालमा कक्षा १ मा भर्ना भएका थिए । त्यत्तिबेला कक्षा १ मा ११,३६,४३३ जना विद्यार्थीहरु भर्ना भएको भनिएको छ । यसरी हेर्दा ६,२१,६७३ जना विद्यार्थीहरु हराएका देखिन्छन् । यो ड्रपआउटको कहालीलाग्दो संख्या हो । यस्तो शैक्षिक अवस्थालाई गम्भिर भन्नै पर्दछ ।

यदि यो तथ्याङ्क सहि हो, भने ड्रपआउट हुने विद्यार्थीको अवस्था डरलाग्दो छ र शिक्षा मन्त्रालय लगायत सम्वद्ध पक्षहरुले गम्भीर बनेर नयाँ योजना बनाउनै पर्छ । पढाई छोड्नुपर्ने कारण के हो ? र सोको उपाय उपचार कसरी गर्ने भन्ने तथ्याङ्क कार्यक्रमे तर्फ नसोचिनु दुर्भाग्य नै हो । यो तथ्याङ्कमा पूर्ण विश्वस्त हुने आधार कमजोर भएपनि हाम्रा विद्यालयमा विद्यार्थी ड्रपआउट उल्लेख्य भएको तथ्य स्वीकार्नै पर्छ । यस विषयमा अब स्थानीय तहका सरकार अनि सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण भै हल हुनेछ भने अपेक्षा गरिएको छ ।

३. नाम जे भनिए पनि यो कक्षा १० को अन्तिममा लिइने परीक्षाले भिन्न महत्व राख्छ । हुन त विद्यालय तहको अन्तिम परीक्षा अहिले कक्षा १२ मा हुने भनिए पनि एसईईको नतिजाले विद्यार्थीको भविष्य हिजो जस्तो निर्धारण गर्दछ आजपनि उस्तै छ । मेडिकल साइन्स, इन्जिनियरिङ, कृषि वन विज्ञान तथा प्रबिधिका क्षेत्रमा प्रवेश गर्न कक्षा ११÷१२ मा विज्ञान नै पढ्नुपर्ने र सोका लागि एसईईमा ए प्लस वा ए ग्रेड ल्याउने विद्यार्थीले नै अवसर पाउँछन् ।

एसईईमा मध्यम नतिजा बी प्लस वा बी वा सी प्लस वा सी ग्रेड ल्याउनेहरु वाणिज्य, शिक्षा तथा मानविकी विषय रोज्ने गर्दछन् । यी शैक्षिक परम्पराले एसईईले एसईईकै आधारमा अगाडिको शैक्षिक यात्रा तय हुने तथ्य स्पष्ट गरेको छ । दशबर्षको मेहनतको परिणामले लाखौं युवाको भविष्य निर्धारण हुने यो परीक्षाले परम्परागत महत्व बोकेको छ नै । सँगै जसरी पनि पास गर्ने विगतको दरिद्र मानसिकताले परीक्षामा गरिने अनैतिक र अमर्यादित हर्कतलाई भने ग्रेडिङ सिष्टमको नतिजाले थोरै भएपनि चुनौती दिएकै छ ।

४. बिना क्षमता, योग्यता, दक्षता र सीपको प्रमाणपत्र स्वयम् विद्यार्थीलाई बोझ हुने सत्य अब छर्लडड्ड छ । पढेर, सिकेर, जान्ने भएर अर्थात् तोकिएको सिकाई उपलब्धि हासिल गरेर प्राप्त प्रमाणपत्र महत्वपूर्ण सम्पत्ति हो भन्ने कुरा आजका विद्यार्थीले बुझेका छन् । परीक्षामा देखिने हुने गलत हर्कतहरु न्यून हुँदै गएकाले सरोकारवर्गमा जागरण र ज्ञान थपिएको स्पष्ट छ । मूल्याड्ढन उपयुक्त भएमात्र व्यक्तिको योग्यता, दक्षता र क्षमताको सही चित्र अगाडि आउँछ ।

रीक्षा नै हाम्रो विद्यार्थी मूल्याड्ढनको मूल आधार भएकाले सम्बन्धित विद्यार्थी नै सर्वप्रथम सजग, गम्भीर, जागरुक र अनुशासित बन्नैपर्छ । अभिभावकले आफ्ना सन्तानको क्षमता अभिबृद्धि भएको चाहनुपर्छ, ता कि उसले बोकेको सर्टिफिकेट मात्र । विद्यार्थीलाई उसको सर्टिफिकेटले स्वयम् गिज्याउने अवस्थाको अन्त्य हामी सबैको अपेक्षा हो ।

५. विद्यार्थीको नतिजासँग प्रत्यक्ष जोडिने शिक्षक वर्गलाई सबैभन्दा जिम्मेवार मानिएको छ । नतिजा बाहिर आउनुसँगै सम्बन्धित स्कूल र शिक्षकको चर्चा पहिले सुरु हुन्छ । विद्यार्थीले प्राप्त गरेको ग्रेड तथा जीपीएसँग त्यो तहको सिकाई उपलब्धि र सीप उसँग छ वा छैन त्यो सधैं गौण बन्ने गरेको छ, त्यो हाम्रो शिक्षाको एउटा कलंक नै हो । प्रयोगात्मक अभ्यासबिना नै तोकिएको प्रयोगात्मक पूर्णाड्ढ दिने हाम्रा शिक्षकहरु जब सैद्धान्तिक अंक ग्रेड देखेर गम्भीर नहुनु अर्को समस्या हो ।

गणितबाहेक सबै अनिवार्य विषयमा २५ अंक प्रयोगात्मक तोकिएको छ र विद्यार्थीलाई प्रायः पूर्णाड्ढ २५ नै दिइने र उता ७५ पूर्णाड्ढको सैद्धान्तिक परीक्षामा भने बीस भन्दा कम आउने अझ ५ अंकमात्र ल्याउनेले पनि दुबै जोड्दा ३० हुने जुन ग्रेडमा डी प्लस अर्थात कक्षा ११ मा प्रवेश पाउने यो अवस्था स्वयम् विचारणीय भइकाले नै यस वर्षबाट सैद्धान्तिकमा ३५ ल्याउनै पर्ने र ग्रेडिड्ड विधि पनि फेरबदल गरी ९बाट घटाएर ८ वटा कायम गरिएको छ । अब डी प्लस हुँदैन ।

६. परीक्षाको मर्यादा र स्तरीयतामा कतै कमजोर बन्नु बनाइनु पटक्कै हुँदैन । यो परीक्षाले विद्यार्थीको यथार्थ क्षमता देखाउनुपर्छ । यसमा विद्यार्थी, शिक्षक र अभिभावक एवम् शैक्षिक प्रशासन सबैको प्रत्यक्ष सहयोग हुनैपर्छ । उहि प्रश्न, उहि परीक्षा तर परीक्षामा हुने गलत हर्कतले भोलि विद्यार्थीको भविष्य अन्धकार हुन सक्छ भन्ने तर्फ जिम्मेवार सबै सजग र सतर्क हुनैपर्छ । नयाँ विद्यालय, नयाँ शिक्षक र नयाँ वातावरणमा परीक्षा दिन जाने विद्यार्थी मानसिकरुपले तयार रहनुपर्छ । कुनैपनि त्रास र भय बोकेर परीक्षा हलमा जानु हुँदैन ।

निर्धक्कसँग उच्च मनोबलका साथ विद्यार्थीले परीक्षा दिनुपर्छ । हतारिने वा आतिने गर्नु हुँदैन । परीक्षार्थीले परीक्षा केन्द्रमा जाँदा आवश्यक सामग्री प्रवेशपत्र लगायतको कुरा भुल्नु हुँदैन । निषेध गरिएका बस्तु बोक्नु हुँदैन । यो बारेमा शिक्षक तथा अभिभावकले स्मरण गराउनुपर्छ । समयको राम्रो बाँडफाँड गरेर परीक्षा हलमा प्रवेश गर्नु विद्यार्थीको दायित्व हो ।

७. तोकिएको समयमा प्रश्नपत्रमा उल्लेख प्रश्न र तिनको पूर्णाड्ढलाई वैज्ञानिक बाँडफाँड गरेर लेख्न सुरु गर्नु राम्रो हुन्छ र प्रश्नलाई हतारमा हैन, राम्रोसँग बुझेर प्रश्नले खोजेको जवाफमात्र लेख्नु पर्दछ ।
पाँच अंकको प्रश्नमा पेजभरी जवाफ लेख्ने अनि दश अंकको प्रश्नमा भने आधा प्याराग्राफमात्र लेख्ने अर्थात् आउनेको धेरै, नआउनेको न्यून जवाफ लेख्ने बानि धेरै विद्यार्थीमा पाइन्छ, जुन राम्रो होइन ।

नजिकका साथीहरुको नक्कलको प्रयत्न गर्दा एउटा प्रश्नको जवाफ अर्कोसँग हतारमा सारिने भएकाले झनै बिग्रन्छ तसर्थ त्यस्तो चीट, कापी, किताब वा अर्काको चोर्ने जस्ता गलत कार्यले जानेको पनि बिग्रन्छ र समय खेर गइरहेको हुन्छ । यस्ता धेरै पक्षहरु कक्षा कोठामा शिक्षकले सम्झाएर पठाएको सुझावलाई पालना गर्नु राम्रो हुन्छ ।

८. अन्तमा, यो बर्षको एसईई
परीक्षामा सबै परीक्षार्थीले उच्च ग्रेड हासिल गर्न सफलता मिलोस् भन्ने अपेक्षा गरिएको छ । देशको लगानी, अभिभावकको लगानी, विद्यार्थीको भविष्य र शिक्षकको प्रतिष्ठा जोडिएको यो
परीक्षा मर्यादित र स्वच्छ वातावरणमा सम्पन्न होस् र सम्बन्धित अभिभावकका आफ्ना सन्तानप्रतिको सपना साकार बनोस् भन्ने कामना गर्दछौं । प्रश्नमा प्रश्न उठ्नु हुँदैन ।
परीक्षाको परीक्षा हुनु हुँदैन ।

विद्यार्थी र शिक्षकले आफ्नो मर्यादा र जिम्मेवारी भुल्नु हुँदैन । यो परीक्षालाई राष्ट्रिय पर्वको रुपमा व्यवस्थित ढंगले सम्पन्न गर्न शिक्षा प्रशासनले कुनैपनि कसर बाँकी राख्नु हुँदैन । अनुगमन र मूल्याड्ढन आलोच्य नबनुन भन्दै भोलिका राष्ट्रिय कर्णधारहरुको सपना साकार नै हाम्रो अपेक्षा हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*