बाजागाजा र नाराबाजीसहित नेकपा एमालेको उम्मेदवारी दर्ता

साझाकुरा
२०७९ बैशाख १२, सोमबार १५:२७

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरसहित सम्पूर्ण वडाका उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ । हेटौंडास्थित निर्वाचन कार्यालयमा बाजागाजा र नाराबाजीसहित संविधानसभा सदस्य अनन्त पौडेलले मेयर र सुमित्रा काफ्लेले उपमेयरमा उम्मेदवारी दिएका हुन् । हेटौंडा उपमहानगरमा रहेको १९ वटै वडाका अध्यक्ष तथा वडा सदस्यहरुको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*