प्रतिपक्षी आत्तिसक्योः बानियाँ

साझाकुरा
२०७९ बैशाख १७, शनिबार १०:४०

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेशकुमार बानियाँले सत्तागठबन्धनको पक्षमा देखिएको माहौलबाट विपक्षी दल आत्तिएको बताएका छन् ।शुक्रबार हेटौंडा–८ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले गठबन्धनको पक्षमा उपमहानगरभर जनमत देखेर विपक्षी दल आत्तिएको बताएका हुन् । ‘अब लालकिल्ला तोडिन्छ । सहि जनप्रतिनिधि हेटौंडाले पाउने छ । अहिलेसम्म गलत जनप्रतिनिधि छनौट हुँदा हेटौंडाको विकास भएन ।’, उनले भने । बानियाँले सत्तारुढ गठबन्धन हेटौंडामा विजयी भएसँगै हेटौंडाको हरेक वडाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले सत्तारुढ गठबन्धनसँग मात्र हेटौंडा विकासका खाका र रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*