कांग्रेसका आधिकारीक उम्मेदवरलाई जिताउन मैनालीको अपिल

साझाकुरा
२०७९ बैशाख १७, शनिबार २०:४०

हेटौंडा– नेपाली कांग्रेस मकवानपुरका महाधिवेशन प्रतिनिधि राज मैनाली (दिनेश)ले स्थानीय तह निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवरलाई जिताउन अपिल गरेका छन् ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै मैनालीले यस्तो अपिल गरेका हुन् । पार्टीभित्रका असन्तुष्टिहरुलाई पार्टीमै बसेर छलफल र बहस गरेर टुंग्याउन अनुरोध गर्दै पार्टीका सबै नेता कार्यकर्तालाई स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवार जिताउने अभियानमा जुट्न उनले आग्रह पनि गरेका छन् । ‘हामी पार्टीभित्रका सच्चा कार्यकर्ता हौं भने पार्टीको आन्तरिक अधिवेशनको विषयलाई आम निर्वाचनमा आएर असन्तुष्टि देखाउनु हुँदैन ।,’ उनले टिकट वितरणकै विषयलाई लिएर यदाकदा असन्तुष्टिका स्वरहरु सुनिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेस पार्टीमा उर्जावान, क्षमतावान र सक्षम नेताहरु छन् । पार्टीमा धेरै क्षमतावान नेताहरु हुँदाहुँदै पनि स्थानीय तह निर्वाचनमा पालिका तह र वडा तहमा उम्मेदवार बन्न आकांक्षीहरु सबैले टिकट पाउन नसकेको विषय सर्वविदितै छ ।,’ विज्ञप्तिमा भनिएको छ । मैनालीले पार्टीको आन्तरिक अधिवेशन भर्खरै सकिएको हुँदा कतिपय अवस्था पार्टीभित्रको गुटउपगुटको कारण पनि यस्ता विषयले प्रश्रय पाइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*