कांग्रेसले प्रचारप्रसार व्यापक बनाउने

साझाकुरा
२०७९ बैशाख १८, आईतवार १३:०२

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचानमा प्रचारप्रसारलाई व्यापक बनाउने भएको छ ।जिल्लास्थित १० वटै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउन निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिने योजनाअनुरुप संयोजक पनि तोकिएको छ । कांग्रेस मकवानपुरले पार्टी सहसचिव ताराचन्द्र बजगाईंको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ ।
पार्टी सभापति बुद्ध लामाले स्थानीय तह र जिल्लाभर संयोजन गर्न प्रचारप्रसारको जिम्मेवारी बाँडफाँड गरेका छन् । हेटौंडा उपमहानगरपालिकामा भुपेन्द्र कोइराला, विकास बानियाँ र मोहन ढकाललाई प्रचारप्रसारको जिम्मा दिइएको छ ।

बागमती गाउँपालिकामा शंकर पराजुली र सन्तोष सापकोटा, बकैया गाउँपालिकामा भूमिनन्द गौतम र छायाँ अधिकारी, कैलाश गाउँपाकिलामा विनोद लामा र कामीसिं स्याङ्तानलाई प्रचारप्रसार हेर्ने गरी जिम्मेवारी दिइएको छ । मकवानपुरगढीमा यतिराज सापकोटा र विश्वराज न्यौपाने, भीमफेदीमा रुद्र लामा र श्यामबहादुर थिङ, मनहरीमा प्रकाश बर्तौला र रघुनाथ खतिवडा रहेका छन् । थाहा नगरमा भिमबहादुर भोम्जन र सुनमाया भोम्जन, राक्सिराङमा वीरेन्द्र जिम्बा र कोपिला गोले, इन्द्रसरोवरमा विकास बलामी र राजेशबाबु सापकोटालाई जिम्मेवारी दिइएको छ ।

प्रचारप्रसार समिति सदस्यहरुमा मोमलाल दोङ, शैलेन्द्रराज बानियाँ, शिवप्रसाद खतिवडा, कालु घलान, शर्मिला श्रेष्ठ, डम्बरबहादुर विक, अञ्जना उपाध्याय, राजकुमार गोले, ताराकुमारी राई कार्की, इन्द्रकुमार बर्तौला, नुरोज पौडेल, धिरेन्द्र लामा, सुनिता राई, डोल्मा स्याङ्बो र कुमार अधिकारीलाई तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*