ओली आज हेटौंडा आउँदै

साझाकुरा
२०७९ बैशाख १८, आईतवार १३:०५

हेटौंडा- नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार हेटौंडा आउने भएका छन् ।आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आज आइतबार नेकपा एमाले मकवानपुर र जिफन्ट बागमती प्रदेशको आयोजनामा चुनावी सभा हुँदैछ । आमसभालाई ओलीले सम्बोधन गर्ने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

आमसभाको सबै तयारी सकिएको उनले बताए । हेटौंडा–४ हुप्रचौरमा आमसभा हुनेछ । स्थानीय चुनावी सभा तथा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए ।
एमाले मकवानपुरले आमसभामा जिल्लास्थित १० वटै गाउँपालिकाबाट ४० हजार नेता, कार्यकर्तालाई सहभागी गराउने उद्देश्य लिएको छ । हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल ¥यालीसहित हुप्रचौरमा पुगिने र कार्यक्रमको सुरुवात हुने श्रेष्ठले बताए । चुनावी सभामा १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरु सहभागी हुने जनाइएको छ । एमालेले श्रमिक दिवसलाई महत्वको साथमा लिँदै आएको र हेटौंडाको सन्र्दभमा श्रमिक आन्दोलनको उर्भर भूमि रहेको भन्दै चुनावी सभालाई भव्य बनाइने श्रेष्ठले बताए । सभामा ४ सय बढी स्वयंमसेवक परिचालन गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*