एमालेको प्रतिष्पर्धा गठबन्धनसँग हुदैनः पौडेल

साझाकुरा
२०७९ बैशाख २२, बिहीबार १४:०५

हेटौंडा- नेकपा एमालेकाबाट हेटौंडा उपमहानगरपालिका मेयरका उम्मेदवार अनन्त पौडेलले एमालेको प्रतिष्पर्धा गठबन्धनसँग नरहेको बताएका छन् ।बुधवार हेटौंडा उपमहानगरपालिका–१४ कोे घरदैलो तथा कोणसभामा बोल्दै पौडेलले एमालेको प्रतिष्पर्धा गठबन्धनसँग नहुने बताएका हुन् । उनले हेटौंडाका वडाहरुमा देखिएको एमालेको लहर हेर्दा गठबन्धन धेरै होचो भैसकेको भन्दै गठवन्धनको भ्रम ३० गतेबाट सकिने बताए ।

डेलले हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा नेकपा एमालेले विकासको फड्को मारेको दाबी गरे । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनका क्षेत्रमा धेरै सुधार भइसकेको उल्लेख गर्दै पौडेलले विषेश ध्यान शिक्षा र स्वास्थ्यमा दिन आवश्यक रहेको औँल्याए ।पौडेलले १४ नम्वर वडामा निर्माणधीन रहेको भ्युटावरलाई शहिद स्मारक भन्दा शुन्दर राम्रो ठाउँ बनाउने र सामुदायिक भवनहरुलाई व्यवस्थापन गर्ने बताउँदै नेकपा एमालेलाई जिताउन आग्रह गरे । १४ नम्वर वडामा औद्योगिक क्षेत्र ल्याउन ठूलो भूमिका खेलेको बताउँदै गठबन्धन सरकारले गर्दा केहि हुन नसकेको उनको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*