डिनाले भनिन्, ‘महिलालाई जिताउनुपर्छ’

साझाकुरा
२०७९ बैशाख २३, शुक्रबार १०:२१

हेटौंडा-नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारलाई सबैको बलमा जिताउनु पर्ने बताएकी छन् ।मकवानपुरे कांग्रेस नेतृ डिनाले चितवनमा बिहीवार भएको पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै महिला उम्मेदवारहरुलाई जिताउनु पर्नेमा जोड दिएकी हुन् । ‘भरतपुिरमा रेणु दाहाल हुनुहुन्छ । काठमाडौंमा सिर्जना सिंह हुनुहुन्छ । अन्य पालिकामा पनि प्रमुखमा महिला उम्मेदवार पाएका छौं । महिलालाई हरुलाई जिताउनु पर्छ ।,’ डिनाले भनिन् । डिनाकै गृह जिल्लाको हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी जिल्ला उपाध्यक्ष मिनाकुमारी लामा छिन् ।

भतरपुरमा रेणुले गरेको विकासलाई हेरेर नै जिताउनु पर्नेमा उनको भनाई छ । महिला दिदी बहिनी र साथीहरुले महिला उम्मेदवारलाई जिताउन लागिपर्न आग्रह गरिन् । जनताले पनि रेणु दहालले राम्रो काम गरेको भनेर प्रशांसा गरेको भन्दै डिनाले भरतपुरले फेरि महिला मेयर पाउने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*