गठबन्धनलाई बिजयी गराउन बानियाँको अपिल

साझाकुरा
२०७९ बैशाख २४, शनिबार १३:३३

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन अपिल गरेका छन् । स्थानीय तहको निर्वाचनको सन्र्दभमा सामजिक सञ्जाल फेसबुक मार्फत् भिडियो पोष्ट गर्दै बानीयाँले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन अपिल गरेका हुन् । उनले एमसीसी सम्झौता नेपालको समृद्धिको महत्वपूर्ण आधार रहेको पनि बताएका छन् ।
बागमती प्रदेशको ११९ स्थानीय तहमा संविधानको रक्षा, एमसीसीसँगै समृद्धिको यात्रादेखि र बृहत शान्ति सम्झौताको जगमा रहेको गठवन्धनलाई जिताउन उनले अनुरोध गरेका छन् ।
न्याय र सेवाको लागि, हरेक योजना शिक्षा, स्वास्थ्य रोजगार, खानेपानी, उद्यमशिलता, न्यायपूर्ण समाज, निर्माणको लागि गठबन्धनको जीत आवश्यक रहेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*