तीन दशकपछि हेटौंडा–२ मा कांग्रेसको कमब्याक

साझाकुरा
२०७९ जेष्ठ ३, मंगलवार १०:३२

हेटौंडा- करिब तीन दशकपछि हेटौंडा उपमहानगरपालिका–२ मा नेपाली कांग्रेसले कमब्याक गरेको छ ।स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत् भएको निर्वाचनमा विजयी हुँदै हेटौंडा उपमहानगरपालिका–२ मा कांग्रेसले तीन दशकपछि कमब्याक गरेको हो । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार विष्णुगोपाल महर्जन वडाध्यक्षमा विजयी भएका छन् ।
सोमबार बिहान सम्पन्न मतगणनाअनुसार महर्जनले १२ सय ५८ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् । अर्का प्रत्यासी नेकपा एमालेका हरि राउतले ८ सय ६४ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा मर्हजनसँगै खुला वडा सदस्यमा नेपाली कांग्रेसबाट सुरज बर्तौला (१२२६), नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल (११७३), महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना (१३६२) र दलित महिलातर्फ नेपाली कांग्रेसबाट मैया परियार (१२५५) निर्वाचित भएका छन् । निर्वाचित सबै गठबन्धन दलका उम्मेदवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*