पहिलो पटक महिला वडा अध्यक्ष विजयी

साझाकुरा
२०७९ जेष्ठ ५, बिहीबार ११:१२

हेटौंडा-स्थानीय तह निर्वाचन–०७९ मा मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा दुई महिला वडा अध्यक्षमा निर्वाचित भएका छन् ।सम्भवतः मकवानपुरमा पहिलोपटक महिला वडा अध्यक्षमा बिजयी भएका हुन् । राज्य पुनर्संरचना पश्चात् मुलुकमा संघीयता आएपछि भएको स्थानीय तह निर्वाचनमा यसअघि महिला वडा अध्यक्ष भएका थिएनन् । स्थानीय तह सदस्य निर्वाचनमा हालसम्म परिणाम सार्वजनिक भएका ८१ वडामध्ये २ महिला वडा अध्यक्षमा निर्वाचित भएका हुन् । मकवानपुरको बकैया–५ मा लक्ष्मी जिम्बा र बकैया–१० मा कमलाकुमारी वाइवा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

जिम्बाले एमालेका लालबहादुर जिम्बालाई २ सय ७८ मतले जितेकी हुन् । वाइवाले एमालेका कमलकुमार घलानलाई २ सय ५४ मतले जितेकी हुन् । विजयी जिम्बा र वाइवा दुवै नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार बनेका थिए । कांग्रेसले एक पालिकामा एक महिला वडा अध्यक्ष उठाउने नीति लिएको थियो । मकवानपुरका अन्य पालिकामा भने महिला वडा अध्यक्ष निर्वाचित भएका छैनन् । कतिपय पालिकामा महिलाहरुलाई वडा अध्यक्षको उम्मेदवारी पनि दिइएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published.


*