थप ३ वटा पालिकामा गठबन्धन विजयी

साझाकुरा
२०७९ जेष्ठ ५, बिहीबार ११:२६

हेटौंडा-मकवानपुरको थप ३ वटा स्थानीय तहमा सत्तारुढ गठबन्धन विजयी भएको छ ।जिल्लाको थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकामा गठबन्धनले जीत हात पारेको हो । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै गठबन्धन विजयी भएको छ ।थाहाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहामा सत्तारुढ गठबन्धन नै विजयी भएको थियो ।

कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९७१९ मत प्राप्त गरी विजयी भए । मेयरमा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६०७ मत प्राप्त गरे । उपमेयरमा एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३÷३ वडामा विजयी भएका छन् । यस्तैगरि बकैया गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांगेसका धर्मराज लामिछाने ११ हजार २९२ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत ल्याइन् । यसैगरि, अध्यक्षमा राप्रपाका रामप्रसाद दाहालले ३६९ मत, नेकपा एकिकृत समाजबादीका नारायणप्रसाद तिमल्सिनाले १३२ मत, जनता समाजवादी पार्टी, नेपालका मानबहादुर

यसैगरि, उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका भक्त बहादुर खत्री ९ हजार ५२२ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६५२ मत ल्याए । यसैगरि, उपाध्यक्षमा राप्रपाकी सावित्री राईले ४६४, जनता समाजवादी पार्टी, नेपालकी मिरा वाईवाले ८० र नेकपा एकीकृत समाजबादीकी उर्मिला राईले ६५ मत ल्याईन् । मनहरी गाउँपालिकामा पनि गठबन्धनको उम्मेदवार विजयी भएका छन् । मनहरीमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेतीले अध्यक्षमा विजयी भएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी सीता पुलामी मगर विजयी भइन् । निर्वाचन अधिकृतको कार्यालयले आधिकारी घोषणा भने गरेको छैन । गठबन्धनको जीतसँगै नेकपा एमाले पश्चिम मकवानपुरमा पूर्णरुपमा ‘क्लिनस्विप’ भएको छ ।०७४ को स्थानीय तह निर्वाचनमा मनहरीमा प्रमुख, उपप्रमुखसहित वडामा आफ्नो वर्चश्व कायम गरेको एमाले यसवर्ष उपस्थितिविहीन भएको हो । एमालेले मनहरीमा कुनैपनि वडामा बाजी मार्न सकेन । मनहरी यस स्थानीय तहको निर्वाचनमा कांग्रेसले ६ र एमालेले ३ वटा वडामा बिजयी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*