जनमतको उच्च सम्मान गर्नुः माओवादी केन्द्र

साझाकुरा
२०७९ जेष्ठ ८, आईतवार १३:४७

हेटौंडा-स्थानीय तह सदस्य निर्वाचन– ०७९ मा थाहा नगरपालिकामा जनताको मतले निर्वाचित जनप्रतिनिधिलाई जनमतको उच्च सम्मान गर्न नेकपा माओवादी केन्द्रले अनुरोध गरेको छ ।
नेकपा माओवादी केन्द्र थाहा नगर कमिटी अध्यक्ष बिनोदकुमार लामाले जनताको मतको कदरसहित पाँच वर्ष सम्मानित ढंगले काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका हुन् । थाहा नगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली निर्वाचित भएका थिए । गत निर्वाचनमा पनि माओवादीबाट थाहाको मेयरमा लवशेर विष्ट विजयी भएका थिए ।

शनिबार एक विज्ञप्ति जारी गर्दै लामाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको भन्दै निर्वाचनका क्रममा मतदाताका मत पाएका सबै उम्मेदवारहरुले सही ढंगबाट काम गर्न आग्रह गरिएको हो । ‘१० वर्षे माओवादी जनयुद्ध, जन आन्दोलन लगायतको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास र समावेशीतालाई स्थानीय तहको निर्वाचनले मजबुत बनाएको छ ।,’ विज्ञप्तिमा भनिएको छ– ‘गणतन्त्र स्थापना पछिको दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसकेको अवस्थामा सबैलाई बधाई छ । थाहा नगरपालिकामा बिजयी भएका नगर प्रमुख, वडा अध्यक्षहरु, सदस्यहरु सबैलाई बधाई ज्ञापन गर्दछौं । पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले जनभावना अनुरुप जनताको सेवामा अहोरात्र खटी जनताको सेवकको रुपमा कार्य गर्नेमा हामी बिश्वस्त छौं ।,’

यसमा तपाइको मत

Your email address will not be published.


*