बागमती प्रदेशमा कांग्रेस ठूलो पार्टी

साझाकुरा
२०७९ जेष्ठ ९, सोमबार ११:४३

हेटौंडा-स्थानीय तह सदस्य निर्वाचन–०७९ अनुसार बागमती प्रदेशको ठूलो पार्टी नेपाली कांग्रेस भएको छ ।बागमती प्रदेशको १३ जिल्लामा गरेर कांग्रेसले बहुमत पालिकाको नेतृत्व जितेको हो । सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाको सहारामा कांग्रेस प्रदेशकै ठूलो पार्टी बनेको हो ।निर्वाचन आयोगको प्रणालीमा आइतबार साँझ ८ बजेसम्म प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा १ नम्बर प्रदेश बाहेक अन्य ६ वटा प्रदेशमा कांग्रेस ठूलो पार्टी बनेको हो ।

जसअनुसार बागमतीमा कांग्रेसबाट नगरपालिकाको प्रमुखमा २२, गाउँपालिकाको अध्यक्षमा ३४, नगरको उपप्रमुखमा १८, गाउँपालिकाको उपाध्यक्षमा ३१, वडा अध्यक्षमा ४ सय ५९ जना निर्वाचित भएका छन् । आयोगका अनुसार कांग्रेसबाट महिला सदस्यमा ४ सय ५१ र दलित महिला सदस्यमा ४ सय ३४ र खुला सदस्यमा ९ सय २२ गरी दुई हजार ३ सय ७१ निर्वाचित भएका हुन् । बागमती प्रदेशमा हालसम्म मेयरदेखि सदस्यसम्म गरेर कूल पाँच हजार ५ सय २४ निर्वाचित भएका छन् । बागमतीमा दोस्रो ठूलो पार्टी एमाले बनेको छ ।

नेकपा (एमाले)बाट प्रमुखमा ९, अध्यक्षमा १७, उपप्रमुखमा १७, उपाध्यक्षमा १४, वडाध्यक्षमा ३ सय ४२, महिला सदस्यमा ३ सय ९०, दलित महिला सदस्यमा ३ सय ८२ र सदस्यमा ७ सय ८३ गरी एक हजार ९ सय ५४ निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट प्रमुखमा ४, अध्यक्षमा २२, उपप्रमुखमा ४, उपाध्यक्षमा २६, वडा अध्यक्षमा १ सय ९७, महिला सदस्यमा १ सय ७७, दलित महिला सदस्यमा १ सय ७८ र सदस्यमा ३ सय ३१ गरी ९ सय ३९ निर्वाचित भएको आयोगको तथ्यांकमा उल्लेख छ ।

एकीकृत समाजवादीबाट प्रमुखमा ४, अध्यक्षमा एक, उपप्रमुखमा एक, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २३, महिला सदस्यमा १७, दलित महिला सदस्यमा २२ र सदस्यमा ३९ गरी १ सय १० पदमा निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखमा १, वडा अध्यक्षमा १४, महिला सदस्यमा १२, दलित महिला सदस्यमा १० र सदस्यमा २१ गरी ५८ निर्वाचित भएका छन् । नेपाल मजदुर किसान पार्टीबाट प्रमुखमा एक, उपप्रमुखमा एक, वडा अध्यक्षमा १२, महिला सदस्यमा १२, महिला सदस्यमा ११, दलित महिला सदस्यमा पाँच र सदस्यमा २४ गरी ५४ पदमा निर्वाचित भएका छन् ।
बागमतीमा जनता समाजवादी पार्टी, नेपालका वडा अध्यक्षमा एक र सदस्यमा दुई गरी तीन र स्वतन्त्रले वडा अध्यक्षमा १७, महिला सदस्यमा पाँच, दलित महिला सदस्यमा पाँच र सदस्यमा आठ गरी ३५ निर्वाचित भएका छन् । बागमतीकै काठमाडौंको अन्तिम मतपरिणाम आइसकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*