बजेटका लागि सुझाव लिँदै कृषि मन्त्रालय

साझाकुरा
२०७९ जेष्ठ १०, मंगलवार ०९:१५

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्ने तयारीलाई तीव्रता दिएको छ । सरकारले बजेट ल्याउन तयारी अगाडि बढाएको हो ।सम्बन्धित क्षेत्रका विज्ञहरुको सुझावका आधारमा बजेटका लागि प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुझाव संकलन गरिरहेको छ ।मन्त्रालयले मन्त्री, राज्यमन्त्री र कर्मचारीहरुको तरिकाबाट बजेट बनाउनु भन्दा विज्ञहरुको सल्लाहमा उपयुक्त बजेट तयार गर्नु उपयुक्त ठानेकाले सुझाव संकलन गरिएको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए ।

‘विभिन्न क्षेत्रका विज्ञका सुझावका आधारमा बजेट निर्माण गर्दापछि कार्यान्वयनमा पनि सजिलो हुने भएकाले सुझाब संकलन गरिरहेका छौं ।,’ सचिव पाण्डेले भने । सोमबार मन्त्रालयले आगामी वर्षको योजना तर्जुमा निर्माण गर्नका लागि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्व विद्यालय, कृषि तथा पशु विज्ञान विश्वविद्यालय र नेपाल कृषि अनुसन्धान परिषद्सँग अन्तक्र्रिया गरेको छ । कार्यक्रममा सहभागीहरुले बजेटमा समेट्नुपर्ने विषयहरु औंल्याएका छन् ।

मन्त्रालयले मकवानपुर र चितवनका पोल्ट्री क्षेत्रका किसान, दुग्ध उत्पादक किसानहरु, कृषि क्षेत्रका संघसंस्था, राष्ट्रिय कृषक महासंघ, नेपाल भेटेनरी संघ, केरा उत्पादक संघ, नेपाल मौरी पालक महासंघ, नेपाल च्याउ उत्पादकलगायतसँग अन्तक्र्रिया गरी सुझाव संकलन गरिएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।
कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईं, राज्यमन्त्री इन्द्रमाया गुरुङ, सचिव डा. पाण्डे, कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रविन्द्रबहादुर प्रधानलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*