जनभावना अनुसार काम गर्न मेयर लामालाई माधव नेपालको आग्रह

साझाकुरा
२०७९ जेष्ठ ११, बुधबार ११:५८

हेटौंडा-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हेटौंडाको नवनिर्वाचित मेयर मीनाकुमारी लामालाई जनभावना अनुसार काम गर्न आग्रह गरेका छन् ।हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद् दिन राखिएको कार्यक्रममा बोल्दै उनले मेयर लामालाई जनताको भावना अनुसार काम गर्न आग्रह गरेका हुन् । नेपालले आफूहरुले महिला र जनजातीको सम्मान गर्दै लामालाई हेटौंडाको मेयर बनाएको भन्दै सोही अनुसार काम गर्नुपर्ने बताए ।

उनले चुनाव जित्नु मात्रै ठुलो कुरा नभएको भन्दै सफलतापूर्वक काम गर्नुपर्ने बताए । उनले आफूहरुले राम्रोसँग काम गर्न नसक्दा देशैभरि स्वतन्त्र उम्मेदवार बढेको समेत बताए । अध्यक्ष नेपालले धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा निर्वाचित भएका हर्कराज राई साम्पाङ जस्तो बन्न कार्यकर्ताहरुलाई आग्रह पनि गरे । धरानमा स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित साम्पाङको आफू प्रशंसक रहेको भन्दै उनीजस्तै लगनशील भएर जनताको काम गर्न नेता नेपालले आग्रह गरे ।

‘नमुना उम्मेदवारको रुपमा धरानको मेयरमा विजयी भएका व्यक्तिको लशनशीलताको म प्रशंसा गर्न चाहन्छु । साधारण, अत्यन्तै निराश भएका र दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मानिसले ट्याम्पो चलाएर जनताको सेवा गर्ने गरेका रहेछन् । ट्याम्पोबाटै उनले बिरामीको उद्वार गर्ने गरेका रहेछन् । चुनाव आउने कहिले कहिले तर, थाहा पाउने बित्तिकै सहयोग गर्न पुग्दा रहेछन्’ उनले भने, ‘यस्तो भावना छ हामीमा ? त्यस्ता मान्छेलाई सम्मान गर्नुपर्दैन ?’ असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिए ।

उनले आफूहरुले राम्रोसँग काम गर्न नसक्दा देशैभरि स्वतन्त्र उम्मेदवारहरू बढेको समेत बताए । नेता नेपालले पार्टी बनेको छोटो समयमा नै चुनावमा होमिएर आफूहरुले राम्रो सफलता पाएको पनि दाबी गरे । नेपालमा रहेका सबै पार्टीहरूको तुलनामा एकीकृत समाजवादीको काम राम्रो भएकोले छोटो समयमा राम्रो सफलता पाएको उनको दाबी छ । ‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग नलिकनै हाम्रो सिंगो प्यानल विजयी भएको छ । गठबन्धनको प्रत्येक घटकहरु सँगसँगै चुनावमा भाग लिएका छन् र सबैले आ–आफ्नो हैसियत पनि मत परिणाममा देखेका छन्’, उनले भने ।

नेपालले निर्वाचनमा आफूहरुले अन्य दलको भन्दा शानदार मत प्राप्त गरेको बताए । उनले पार्टी बनेको छोटो समयमा नै चुनावमा होमिएर आफूहरुले राम्रो सफलता पाएको दावी पनि गरे । नेपालमा रहेको सबै पार्टीहरुको तुलनामा एकीकृत समाजवादीको काम राम्रो भएकोले छोटो समयमा राम्रो सफलता पाएको उनको दावी थियो । नेपालले निर्वाचनमा आफूहरुले अन्य दलको भन्दा शानदार मत प्राप्त गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*