प्रि–बजेटको छलफलमा सत्ता र प्रतिपक्षबीच जुहारी

साझाकुरा
२०७९ जेष्ठ १५, आईतवार ११:१५

हेटौंडा १४, जेठ÷बागमती प्रदेशसभामा दशौं अधिवेशन
चलिरहेको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट निर्माण गर्न प्रदेशसभा बैठक सञ्चालन भइरहेको हो ।
शुभकामना सन्देश दिएर शुक्रबारदेखि सुरु भएको प्रदेशसभा बैठकमा शनिवार विनियोजन विद्येयक माथि छलफल भएको थियो । दशौं अधिवेशनअन्तर्गतको शनिवार ११ बजेपछि भएको तेस्रो बैठकमा विनियोजन विद्येयक–२०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा प्रदेशसभा सदस्यहरु सहभागी थिए । १६ जेठमा प्रदेश सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेशसभा सदस्यहरु आगामी बजेटमाथि रहेर चर्चा गर्नुपर्ने थियो । तर, छलफलमा भाग लिएका प्रदेशसभा सदस्यहरु आफ्नो भन्दा विपरित दलमाथि
आरोप–प्रत्यारोप गर्न उद्दत देखिए ।
सरकारका कानुन र नीति नियम बनाउन खर्चिनु पर्ने समयलाई सांसदहरु फरक दलमाथि कटाक्ष गर्दै मज्जा लिइरहेको देखिन्छ । बजेटमाथि केन्द्रित नभई राजनीतिक रुपमा घोचपेच गर्न सांसदहरु अघि सर्दा प्रदेशसभा बैठकको लाइभ हेरेर बस्नेहरु आक्रोशित बनेका छन् । प्रदेशसभामा सांसदहरुको गतिविधिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । शुक्रबारको बैठकमा बागमतीका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य, कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ एकअर्कालाई घोचपेच गरिरहेका थिए । सम्बोधनको अन्तिममा दशौं अधिवेशनको शुभकामना दिएका उनीहरु बाँकी समय एक अर्काप्रति आरोप–प्रत्यारोपमै उत्रिएका थिए ।

शनिवार वनियोजन विद्येयक–२०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न भाग लिएका प्रदेशसभा सदस्यहरुपनिआरोप–प्रत्यारोपमै उत्रिए । प्रनिधिनि सभामा दलका शिर्ष नेताबीचको जुहारीको रोग प्रदेशसभामा सरेको भन्दै सर्वसाधारणले आलोचनागरिरहेका हुन् । प्रनिनिधिसभामा पनि गठबन्धनका सांसद र एमालेका सांसदबीच शित युद्ध नै चलिरहेको छ । केन्द्रकै सिको गर्दै बागमती प्रदेशसभामा पनि सांसदहरु शित युद्ध चर्काइरहेका छन् । बागमतीमा जनअपेक्षा अनुसारको बजेट कसरी ल्याउन सकिन्छ भन्नेतर्फ भन्दापनि फरक दललाई गाली गर्न गठबन्धनका सांसदहरु अघि सरेका छन् । एमालेका सांसदले सरकारको नेतृत्व गरिरहेको गठबन्धनलाई घोचपेच गर्ने र गठबन्धनका सांसदले एमालेलाई व्यंग्य हान्ने काम भइरहेको हो ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल एमालेका सांसद कैलाश प्रसाद ढुंगेलले स्थानीय निर्वाचनलाई प्रभावित पार्न बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना ल्याएको आरोप लगाए । बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेको ढुंगेललले निर्वाचनलाई प्रभावमा पार्न कानुन मिचेर टुक्रे योजना ल्याएको बताएका हुन् । संसद छलेर सरकारले गलत गतिविधि गरिरहेको आरोप लगाएका थिए । उनले २३ सय योजना बाँढ्दा पनि गठबन्धन प्रदेश सरकारले चालु वर्षको पुँजीगत खर्च २८ प्रतिशत भन्दा माथि लैजान नसकेको बताएका छन् । ढुंगेलले प्रदेश सरकारलाई मन्त्रीकै लागि खर्च गर्न बजेट नपुगेको भन्दै जनताको समस्याको लागि कुनै ध्यान नगएको टिप्पणी गरे ।

 

नेकपा (एकीकृत समाजवादी)की मुख्य सचेतक मुनु सिग्देलले विगतको सरकारको कामबाट जनता आजित हुन पुगेको भन्दै अघिल्लो सरकारको आलोचना गरेकी थिइन् । उनले सिद्धान्त मिल्ने दलसँग मिलेर चुनाव लडेको भन्दै संविधान च्यात्नेहरुले यो गठबन्धनलाई अपवित्र भन्न नमिल्ने भन्दै एमालेलाई व्यंग्यगरिन् । निर्वाचनमा गठबन्धनले धाँधली र बुथ कब्जा ग¥यो भन्नेहरुबाट जनता आजित भएको सिग्देलले बताइन् । तर, सिग्देलले सदनमा उफ्रिएर कसैलाई दोष लगाईंरहँदा हामी आफैं जिम्मेवार हुनुपर्ने बताइन् । अधिकांश समय प्रतिपक्षलाई व्यंग्य गरेकी उनले अन्तिममा विनियोजना विधेयकअनुसार बन्ने बजेटलाई शुभकामना दिइन् ।

विवेकशील साझा पार्टीका सांसद बिराजभक्त श्रेष्ठले ‘कमरेड’ शब्द बदनाम हुँदै गएको भन्दै एमालेप्रति व्यंग्य गरेका थिए । ‘अघि कमरेड भन्ने कुरा आयो । अहिले बजारमा कमरेड भन्ने शब्द यस्तो बदनाम भएको छ कि, अस्ती म चुनावमा घुम्दै जाँदा एक जना कमरेडलाई कमरेड के छ भनेको उहाँले कमरेड चाँही नभनिदिनुस् बाबु, आजकाल यो कमरेड शब्द सुन्दा गाली गरेको जस्तै लाग्छ भन्नुभयो ।,’ श्रेष्ठले भने ।

नेकपा माओवादी केन्द्रका सांसद प्रेमबहादुर पुलामी (छिन्तु)ले प्राप्त उपलब्धीको रक्षा गर्न स्थानीय निर्वाचनमा गठबन्धन गरेको बताउँदै गठबन्धनको उदेश्य सत्ता हत्याउन नभएको दावी गरे ।
बैठकमा गठबन्धनप्रतिधेरै टिक्का टिप्पणी भइरहेको प्रति असन्तुष्टि जनाउँदै उक्त कुरा बोलेका थिए । विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाईट बालेर खोज्नुपर्ने अवस्था आएको आरोप लगाएकी थिइन् ।जनताले सरकार भए÷ नभएको महशुस गर्न नपाएको बताइन् । ‘जनताले सरकार भेटेका छैनन् । त्यसको प्रमाण हेटौंडा–काठमाडौंको बाटोमा हेर्दा हुन्छ ।,’ उनले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*