बागमती प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै

साझाकुरा
२०७९ जेष्ठ १६, सोमबार ०९:५८

हेटौंडा-बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम जेठ आज सोमबार आउने भएको छ । प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो ।आज सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । देश संघीयतामा भएपछि पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो ।

प्रदेश सरकारले पाचौं पटक नीति तथा कार्यक्रम ल्याउन लागेको भएपनि गठबन्धनको नेतृत्वमा भने पहिलो पटक सदनमा नीति तथा कार्यक्रम आउन लागेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।यसअघि शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री शालिकराम जम्मकट्टेलले नीति तथा कार्यक्रमको सिद्वान्त र प्राथमिकता संसदमा प्रस्तुत गरिसकेका छन् । उनले शुक्रबार संसदमा पेस गरेको प्रि–बजेटमाथी शनिबार सांसदहरुले छलफल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*