हेटौंडाको कार्यपालिका सदस्यमा एमालेका ८ जना विजयी

साझाकुरा
२०७९ जेष्ठ १६, सोमबार १०:००

हेटौंडा, -हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका आठै जना उम्मेदवार निर्वाचित भएका छन् ।आइतबार सम्पन्न मतदानको प्रकाशित मतपरिणाम अनुसार एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् । यो सँगै हेटौंडा उपमहानगरको कार्यपालिकामा एमालेले बहुमत पु¥याएको छ । नगर कार्यपालिकाको महिला सदस्यमा ईश्वरी विश्वकर्मा, पातलीमाया गोङवा, मञ्जु भुर्तेल, रुकमणी गोङवा र साधना श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरुले ५०÷५० मत प्राप्त गरेका थिए । त्यसैगरी नगर कार्यपालिका लागी दलित वा अल्पसङ्ख्यक तर्फ ६ उम्मेदवार मध्ये ३ जना एमालेकै उम्मेदवार निर्वाचित भएका छन् ।निर्वाचित हुनेमा अर्जुन बहादुर राई, बिर बहादुर विश्वकर्मा र शंकर राई रहेका छन् । निर्वाचित सबैले ५०÷५० मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*