आगामी निर्वाचनमा पनि एमालेसँग सहकार्यः थापा

साझाकुरा
२०७९ जेष्ठ १९, बिहीबार ११:२९

हेटौंडा-स्थानीय तह सदस्य निर्वाचनमा–२०७९ मा चुनाव लडेको राप्रपा नेपालले आगामी प्रदेश र प्रनिनिधिसभा निर्वाचनमा पनि नेकपा एमालेसँग सहकारी गर्ने भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेसँग सहकार्य गरेर आगामी निर्वाचन लड्न सकिने बताएका हुन् । मंसिरमा हुने संसदीय निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुनसक्ने सम्भावना बलियो रहेको हेटौंडा आएर बताए ।

हेटौंडामा भएको राप्रपा नेपालको प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दैै थापाले मंसिरमा हुने निर्वाचनमा एमालेसँग तालमेल हुन सक्ने बताए । स्थानीय तह निर्वाचनमा पनि राप्रपा नेपालले आफ्ना नेता, कार्यकर्तालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेको थियो ।अध्यक्ष थापाले हालै सम्पन्न निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसके पनि संसदीय निर्वाचनको तयारीमा जुट्नुपर्नेमा जोड दिए । उनले सीमित केही जिल्लाहरुमा मात्र एमालेसँग तालमेल हुने बताउँदै पार्टीको कामहरुलाई अगाडि बढाउन निर्देशन दिएका छन् । अध्यक्ष थापाले ७० वर्ष अघि नेपाली कांग्रेसले पनि राजसंस्थालाई आत्मसाथ गरेको र केही दशक अघिसम्म कम्युनिष्ट पार्टीले पनि राजसंस्थालाई आत्मसाथ गरेको तर, समय सापेक्ष परिवर्तन भएको बताउँदै आफुहरु पनि
परिवर्तन भएको स्पष्ट पारे ।

उनले पार्टीलाई जिवन्त राख्न र अघि बढाउन समय सापेक्ष परिवर्तन आउनुपर्ने बताउँदै राजसंस्थालाई त्यागेको प्रष्टाएका हुन् । अध्यक्ष थापाले सनातन धर्म संस्कृति र
परम्पराको रक्षा गरेर मात्र देशको विकास गर्न सकिने बताए ।समृद्ध नेपाल निर्माण गर्न सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर मात्र देश विकास गर्न सकिने उनको भनाई छ । थापाले भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु जस्तै हो भन्नेहरु नै भ्रष्टचारको आहालमा अगाडि बढिरहेको टिप्पणी गरेका छन् ।उनले कुनैपनि काम गर्नको निमित्त पैसा नखुवाई काम हुँदैन भन्ने मानसिकताले समस्या भएको बताए । राप्रपाका अध्यक्षराजेन्द्र लिङदेनलाई व्यंग्य गर्दै थापाले भने, ‘जो भ्रष्ट्रचारमा चुर्लुम्म डुबेको छ, उही सबैभन्दा बढी भ्रष्टचारको विरोध गर्छ । छुट्याउ नै गाह्रो भइसक्यो थापाले भने ।,’

यसमा तपाइको मत

Your email address will not be published.


*