बीएफसीलाई हराउदै चर्च ब्वाइज बिजयी

साझाकुरा
२०७९ जेष्ठ २१, शनिबार १७:३४

हेटौंडा- चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा चर्च ब्वाईज क्लब विजयी भएको छ ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको खेलमा बीएफसी चितवनलाई ३–० गोलअन्तरले पराजित गर्दै काठमाडौंको चर्च ब्वाईज क्लब विजयी भएको हो । चर्च ब्वाईजका लागि हेमन्त राना मगरले एक गोल गर्दा आशिष चौधरीले दुई गोलको योगदान दिए । चर्च ब्वाईजका आशिष चौधरी म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । अब चर्च ब्वाईजले क्वार्टर फाइलनमा विदेशी एभिनियर एफसीको सामना गर्नेछ ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार सर्लाहीको बागमती युवा क्लबलाई पराजित गर्दै बाराको नव जनजागृति युवा क्लबले विजयी सुरुवात गरेको थियो । १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ । मकवानपुरका स्थानीय तहहरु मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ । प्रतियोगितामा विभागिय टोलि नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बलको सहभागिता रहेको छ । त्यस्तैगरी फ्रेण्ड्स क्लबसहित हेटौंडाको एफसी विजय युथ, बागमती युवा क्लब, नव जनजागृति युवा क्लब, बीएफसी चितवन र चर्चव्वाईज क्लबको सहभागिता रहँदा अन्तर्राष्ट्रिय टिमको रुपमा क्यामरुनको एनिनियर एफसीको पनि सहभागिता छ ।करिब एक करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्दा म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*