खतिवडालाई मन्त्रीबाट फिर्ता बोलाइयो

साझाकुरा
२०७९ जेष्ठ २३, सोमबार ०९:४७

हेटौंडा- हेटौंडाका बिरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट पार्टीले फिर्ता बोलाएको छ ।खतिवडासहित नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी, पर्यटन मन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमार झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको हो । ६ महिनाका लागि सरकारमा पठाइएको र उनीहरुलाई फिर्ता बोलाएर थप नयाँ ५ जनाको नाम सिफारिस गरिएको पार्टी अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

खतिवडा मन्त्री हुने मकवानपुरको पहिलो कम्युनिष्ट नेता हुन् । उनले ६ महिनाभन्दा बढी सरकारमा सहभागी भएर काम गरे । नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गरेपछि फिर्ता बोलाइएका खतिवडा, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलगायतका मन्त्रीहरु पार्टी कार्यालय पुगेका थिए । उनीहरुले पार्टी अध्यक्ष नेपालसहितका नेताहरुसँग छलफल गरेको जनाइएको छ । नेकपा (एस)ले पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँच जनालाई सरकारमा पठाउन लागेको छ । नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई पठाइएको जनाइएको छ ।

नेकपा (एस)ले वर्तमान स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्यमन्त्री, जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरिएको जनाइएको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*