आन्दोलनमा नयाँ उचाईमा पु¥याइनेः पौडेल

साझाकुरा
२०७९ जेष्ठ २६, बिहीबार ११:०७

हेटौंडा- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका इञ्चार्ज सन्देश पौडेलले मुलुकमा कम्युनिष्ट आन्दोलनले नयाँ उचाई लिनेमा विश्वास व्यक्त गरेका छन् ।
पार्टी मकवानपुर कमिटीको २१ औं पूर्ण बैठकलाई सम्बोधन गर्दै पौडेलले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउने बताएका हुन् । हेटौंडामा बसेको बैठकमा प्रमुख अतिथि रहेका पौडेलले विगतमा भएका काम कारबाहीलाई आत्मसात गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

पार्टी बैठकमा जिल्लाका सबै सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए । बैठकमा पार्टीको ८ औं केन्द्रीय समितिको १३ औं पूर्ण बैठकले पारित गरेको निर्णयहरु समावेश गरेको परिपत्र वाचन गरिएको थियो । नेकपा मकवानपुरको २१ औं पूर्ण बैठकमा गत चैत्र २६ मा बसेको जिल्ला समितिको २० औं पूर्ण बैठकले निर्णय गरेको कार्य सम्पादन सम्बन्धी समिक्षात्मक विश्लेषण पनि भएको छ । बैठकले आगमी दिनमा हुने पार्टीको ९ औं महाधिवेशनको तयारीका लागि विशेष निर्णय गरेको छ ।
नेकपा मकवानपुरले मुलुकमा हुने क्रान्तिका क्रममा आइलाग्ने जस्तोसुकै परिस्थितिको पनि सामना गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।क्रान्तिप्रेमी सबै पार्टी पंक्ति र जनसमुदायलाई एकसाथ लिएर जानुपर्नेमा जोड दिइएको छ । जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला समितिको २१ औं पूर्ण बैठक बसेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*