डिफेन्डिङ च्याम्पियन आर्मी उपाधि नजिक
हेटौंडा- हेटौंडा जारी स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेको छ ।
हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा शनिवार भएको खेलमा विदेशी खेलाडीले भरिएको एभिनियर एफसी क्यामरुपलाई पोनाल्टी सुटआउटमा १०–११ गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन आर्मी फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट खेलमा १–१ गोलको बराबरी भएपछि ट्राईब्रेकरमा धकेलिएको थियो । दोस्रो हाफको सुरुवातीमै आर्मीका दिनेश हेम्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । एभिनियर एफसीका डिजिकाले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा खेल बराबरी भएपछि ट्राईब्रेकरमा पनि खेलमा ३–३ गोलको बराबरी भएको छ ।
सडनडेथमा पनि दुबै टोलीका ६–६ खेलाडी पेनाल्टी प्रहार गरेका थिए । सडनडेथमा पनि ८–८ गोलको बराबरी भएपछि खेलको छिनोफानो भएन । त्यसपछि खेलको निर्णय लिन खेलाडीहरुले पुनः दोहो¥याएर पेनाल्टी प्रहार गर्नु परेको थियो । पुनः पेनाल्टीमा आर्मीका तीन खेलाडीले लगातार गोल गरेका थिए ।तर, एभिनियर एफसीका एक खेलाडी गोल गर्नबाट चुकेका थिए । पुनः पेनाल्टी सुट आउटमा आर्मी भाग्यमानी सावित हुँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । विभिन्न तीन चरणमा भएको पेनाल्टीमा दुबैबाट १४–१४ वटा प्रहार गरिएको थियो । जसमा आर्मी र एभिनियर एफसीका ३–३ खेलाडीले दोहो¥याएर पेनाल्टी प्रहार गरेका थिए । खेलको म्यानअफ द म्याच आर्मीका दिनेश चुनिएका छन् । उनले नगद १० हजार हात पारे । अब आर्मीले उपाधि रक्षाका लागि घरेलु टोली विजय युथसँग भोली सोमबार खेल्नेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको गोल्डकप विजेताले नगद १५ लाख र उपविजेता नगद १० लाख पाउने छन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले बुलेट बाइक हात पार्नेछन् भने विधागत उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही २५–२५ हजार पाउने छन् ।