नदीजन्य पदार्थ उत्खनन्बाट २८ लाख राजस्व

साझाकुरा
२०७९ जेष्ठ ३०, सोमबार ११:३५

हेटौंडा-मकवानपुरगढी गाउँपालिकाले अमानतबाट नदीजन्य पदार्थ उत्खनन् वापत २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । २४ जेठमा बसेको कार्यपालिका बैठकको निर्णयानुसार तीन दिनसम्म गरिएको नदीजन्य पदार्थ उत्खनन्बाट २८ लाख १६ हजार ७३ रुपैयाँ राजस्व संकलन भएको राजस्व तथा योजना शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिएका छन् । गाउँपालिकाले दुई पटकसम्म नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का खोलेपनि ठेक्का परेको थिएन् । केही दिनअघि ठेक्का आह्वान हुँदा पनि ठेक्का नपरेपछि गाउँपालिकाले अमानतमा नदीजन्य पदार्थ उत्खनन् गरेर क्रसर उद्योगलाई बिक्री गरेको थियो । गतवर्षकै विभिन्न क्रसर तथा बालुवा उद्योगबाट उठाउन
पुरानो बक्यौता रकममध्येबाट ३५ लाख पनि संकलन गरिएको न्यौपानेले बताए ।

बक्यौता रकम १५ असारमा गाउँपालिका खातामा जम्मा गर्ने गरी सहमति गरिएको राजश्व शाखा प्रमुख न्यौपानेले बताए । कार्यपालिका बैठकले निर्णय गरी सामरी खोलाको विभिन्न चार स्थानमा उत्खनन् गरिएको पालिका उपाध्यक्ष तथा राजस्व परार्मश समितिका संयोजक मानकुमारी पाख्रिनले जानकारी दिइन् । २ लाख ७६ हजार ९ सय सीएफ्टी नदीजन्य पदार्थ उत्खनन् गरेको उनले बताइन् । अघिल्लो सरकारले बिक्रीपश्चात्को राजस्व उठाउन नसकेको र ताकेतामा ध्यान नदिएकाले क्रसर उद्योगसँग बक्यौता रहन गएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*