एमसीसी खारेजीको माग गर्दै जिसस घेराउ

साझाकुरा
२०७९ जेष्ठ ३१, मंगलवार १०:१३

हेटौंडा- नेपाल कम्युनिष्ट पार्टी (विप्लब) मकवानपुरले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै जिल्ला समन्वय समिति मकवानपुरको कार्यालय घेराउ गरेको छ ।सोमबार विप्लबले मूल्य बृद्धि तथा एमसीसी सम्झौताको बिरोध गर्दै जिसस मकवानपुरको कार्यालय घेराउ गरेको हो । प्रदर्शनकारीले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्’, ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’, ‘गो ब्याक अमेरिका’लगायत नाराबाजी गर्दै कार्यालय घेराउ गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका सेक्रेटरी सामना परियार, इन्चार्ज आरोह नेपाली लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*