युवा व्यवसायी राजु अधिकारी कांग्रेसमा प्रवेश

साझाकुरा
२०७९ जेष्ठ ३१, मंगलवार १०:२५

हेटौंडा-हेटौंडाका सफल युवा व्यवसायी राजु अधिकारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।लामो समयदेखि स्वतन्त्र रुपमा व्यवसायीको हितमा काम गर्दै आइरहेको अधिकारीलाई सोमबार विहान नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीमा स्वागत गरेका हुन् ।अधिकारी उद्योग बाणिज्य संघ मकवानपुरका उपाध्यक्ष समेत हुन् । लामो समयदेखि पोल्ट्री व्यवसायमा आबद्ध भएका उनी कुखुरा व्यवसायी संघ मकवानपुरका पूर्वअध्यक्ष समेत हुन् ।

‘व्यवसायीको हितमा काम गर्ने दल भनेको कांग्रेस रहेछ । त्यसकारण म आबद्ध भएँ ।’, उनले जिल्लामा कांग्रेसप्रति जनताको विश्वास समेत बढिरहेको बताए । उनलाई स्वागत गर्दै कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले पार्टीभित्र उचित स्थान दिने प्रतिबद्धता जनाए ।‘कार्यक्षमताका आधारमा हाम्रो पार्टीमा आबद्ध भएका सम्पूर्णलाई उचित स्थानमा प्रदान गरिनेछ ।’, बानियाँले कांग्रेस सधैं जनताको पक्षमा काम गरिरहेको समेत स्मरण गराए ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश सभापति एवं हेटौंडा नगरपालिकाका उपप्रमुख राजेश बानियाँ लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*