मकवानपुरलाई प्रदेशको २ अर्ब बजेट

साझाकुरा
२०७९ असार ४, शनिबार १३:३२

हेटौंडा- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याएको कुल बजेट ७० अर्ब ९३ करोड ९२ लाखमध्ये मकवानपुरलाई २ अर्ब बढी बेजट बिनियोजन भएको छ ।प्रदेश सरकारले चालू, पुँजी तथा सबै अनुदानतर्फ सबैभन्दा धेरै बजेट मकवानपुरलाई धेरै बजेट बिनियोजन भएको हो । मकवानपुर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रमुख सचेतक मुनु सिग्देल र सामाजिक विकास मन्त्री कुमारी मोक्तानको गृह जिल्ला हो । प्रदेशको मुकाम रहेको मकवानपुरमा सरकारले बढी बजेट बिनियोजन गरेको छ । मकवानपुरले कुल बजेटमध्ये २ अर्ब ८ करोड ४३ लाख ४६ हजार बजेट पाएको हो ।

मकवानपुरलाई चालु र पँुजीगततर्फ ७५ करोड ८६ लाख २० हजार रुपैयाँ बजेट छुट्याइएको छ । चालुतर्फ ४७ करोड ५२ लाख २६ हजार, पुँजीगततर्फ २८ करोड ३२ लाख ९४ हजार बजेट बिनियोजन भएको हो । त्यस्तै, समानीकरण अनुदानतर्फ १३ करोड १५ लाख ३२ हजार, सशर्त अनुदानतर्फ २६ करोड २२ लाख ९४ हजार, विशेष अनुदानतर्फ ८ करोड १५ लाख, समपूरक अनुदानमा ११ करोड ७० लाख रुपैयाँ बजेट बिनियोजन भएको हो ।

मकवानपुरपछि सबैभन्दा धेरै धादिङ र काभ्रेमा क्रमशः १ अर्ब ८२ करोड ७२ लाख ७३ हजार र १ अर्ब ७९ करोड २२ लाख ४६ हजार बजेट छुट्याइएको छ । विकास बजेटमा भने सबैभन्दा धेरै बजेट धादिङले पाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलको गृह जिल्ला धादिङले चालू र पँुजीगततर्फ ९१ करोड ३४ लाख ४० हजार रुपैयाँ बजेट छुट्याइएको हो । चालुतर्फ ६१ करोड ६१ लाख २१ हजार, पुँजीगततर्फ २९ करोड ७३ लाख १२ हजार बजेट विनियोजन गरिएको उल्लेख छ ।

काभ्रेलाई ९० करोड ८३ हजार बजेट विनियोजन गरिएको हो । काभ्रेबाट प्रदेश सरकारमा दुई मन्त्री छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईं र युवा तथा खेलकुदमन्त्री रत्न ढकालको गृहजिल्ला काभ्रे । काभ्रेमा चालुतर्फ ५४ करोड ९ लाख ६८ हजार र पुँजीगततर्फ ३५ करोड ९१ लाख १५ हजार बजेट छुट्याइएको हो । संघीय राजधानीसमेत रहेको काठमाडौंमा सरकारले ८८ करोड ९ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । काठमाडौंलाई चालुतर्फ ६२ करोड २८ लाख १४ हजार र पुँजीगततर्फ २५ करोड ८१ लाख ३८ हजार बजेट छुट्याइएको हो । रामेछापलाई सरकारले ५५ करोड ५७ लाख बजेट विनियोजन गरेको छ । चालुतर्फ ३७ करोड ३ लाख ७३ हजार र पुँजीगततर्फ १८ करोड ५३ लाख २७ हजार बजेट विनियोजन भएको हो । चितवनलाई ५५ करोड ४६ लाख २६ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

चालुतर्फ ३८ करोड ४३ लाख ९५ हजार र पुँजीगततर्फ १७ करोड २ लाख ३१ हजार बजेट विनियोजन भएको हो । सिन्धुलीलाई ५४ करोड १० लाख ५५ हजार रुपैयाँ बजेट विनियोजना भएको छ । चालुतर्फ ३६ करोड १ लाख ५८ हजार र पुँजीगततर्फ १८ करोड ८ लाख ९७ हजार बजेट छुट्याएको हो । दोलखालाई ८३ करोड ५२ लाख ७२ हजार रुपैयाँ बजेट छुट्याएको छ । चालुतर्फ ४१ करोड ५१ लाख १ हजार र पुँजीगततर्फ २२ करोड २९ लाख ७४ हजार बजेट विनियोजन गरेको हो । नुवाकोटलाई ८० करोड २८ लाख ८ हजार रुपैयाँ बजेट छुट्याएको छ । चालुतर्फ ४९ करोड ७९ लाख १ हजार र पुँजीगततर्फ ३० करोड ४९ लाख ७ हजार बजेट विनियोजन भएको हो ।

सिन्धुपाल्चोकलाई ७६ करोड ९४ लाख ५३ हजार रुपैयाँ बजेट छुट्याइएको छ । चालुतर्फ ५३ करोड ३२ लाख २१ हजार र पुँजीगततर्फ २३ करोड ६२ लाख ३२ हजार बजेट विनियोजन गरेको हो । ललितपुर र भक्तपुरसहित रसुवालाई थोरै बजेट छुट्याइएको हो । ललितपुरलाई ४४ करोड ८५ लाख ८५ हजार रुपैयाँ बजेट छुट्याइएको छ । चालुतर्फ ३० करोड ६४ लाख ९ हजार र पुँजीगततर्फ १४ करोड ३१ लाख ७६ हजार बजेट विनियोजन भएको हो । प्रदेश सरकारले भक्तपुरलाई ३१ करोड ९४ लाख ९७ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

चालुतर्फ १९ करोड ९८ लाख ५७ हजार र पुँजीगततर्फ ११ करोड ९६ लाख ४० हजार बजेट भक्तपुरलाई विनियोजन गरेको हो । रसुवा जिल्लालाई भने जम्मा २६ करोड ९८ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन भएको हो । चालुतर्फ २० करोड ६० लाख ५३ हजार र पुँजीगततर्फ ६ करोड ३७ लाख २२ हजार बजेट विनियोजन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*