हेटौंडामा युवा संघ र खेलकुद कमिटी गठन

साझाकुरा
२०७९ असार ६, सोमबार १०:२०

हेटौंडा- नेपाल कम्युनिष्ट पार्टी (एकिकृत सामाजवादी) निकट युवा संघ नेपालको हेटौंडा उपमहानगर कमिटीले पूर्णता पाउनुका साथै खेलकुद महासंघ गठन भएको छ ।
युवा संघ हेटौंडा उपमहानगरपालिका कमिटीले आइतबार पूर्णता पाएको हो ।हेटौंडामा भएको संघको भेलाले निरज सिं ठकुरीको अध्यक्षतामा ३१ सदस्य सचिवालय निर्माण गरेको छ । संघका अध्यक्ष ठकुरीको अध्यक्षतामा भएको भेलामा संघका केन्द्रीय सचिवालय सदस्य कविन पन्त, सचिवालय सदस्य प्रकाश बानियाँ, जिल्ला अध्यक्ष किरणमान बल, उपाध्यक्षद्वय सफल अधिकारी र लिसेन बस्नेतलगायतको आतिथ्यता थियो ।

उक्त भेलाले स्थानीय तह निर्वाचनसहित संघको गतिविधिबारे जानकारी लिएको थियो । सचिवालयले संघको गतिविधिलाई उपमहानगरको वडा तहसम्म पु¥याउँदै नयाँ कमिटी गठन र पुरानालाई पूर्णता दिने निर्णय गरेको छ । यसैगरी, पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीको नगर कमिटी गठन भएको छ । नवगठित महासंघ भेलाले नरेन्द्र आले मगरको अध्यक्षतामा ३१ सदस्य उपमहानगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा बिजयता राणा मगर र सचिवमा निरज दुलाललाई चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*