कैलाशका किसानहरुलाई कृषि सामग्री वितरण

साझाकुरा
२०७९ असार ८, बुधबार १०:२१

हेटौंडा- मकवानपुरको विकट कैलाश गाउँपालिकाले स्थानीय किसानहरुलाई विभिन्न कृषि सामग्री वितरण गरेको छ ।आधुनिक कृषितर्फ आकर्षित गर्दै लागत घटाइ उत्पादन बढाउन किसानलाई विभिन्न प्रकारको कृषि सामाग्री वितरण गरिएको हो । गाउँपालिकाले कृषकको समूहलाई मिनी ट्रिलर १३ वटा, अदुवा पिस्ने मिल ६ वटा, विषादी छर्कने इलेक्ट्रिक पम्प २० वटा र डिजिटल तराजु २ वटा वितरण गरेको छ ।गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले मंगलबार किसानहरुलाई उक्त कृषि सामग्रीहरु हस्तान्तरण गरेका छन् ।

अदुवा पकेट क्षेत्र कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि ज्ञान केन्द्र चितवनले कृषि सामग्री वितरण गर्न १५ लाख रुपैंया बजेट उपलब्ध गराएको थियो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसानले व्यहोर्ने गरी कृषि सामग्रीहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले जानकारी दिए । आगामी दिनमा मागका आधारमा अरु किसानहरुलाई पनि कृषि सामग्री उपलब्ध गराउँदै जाने योजना रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*