बागमतीको बजेटमाथि आजबाट छलफल

साझाकुरा
२०७९ असार १२, आईतवार १०:२६

हेटौंडा- बागमती प्रदेशसभाको संसद् बैठक आज आइतबार बस्दैछ ।आइतबार दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल हुने जनाइएको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९÷८० को लागि बजेट ल्याएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट भाषण गरेका थिए । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा १३ अर्बले बढाएर ल्याएको छ । गत जेठ १६ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो । सरकारले नीति तथा कार्यक्रम र बजेटमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*