एमालेको अवरोध पछि वाग्मती प्रदेशसभाको वैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वाग्मती प्रदेशसभाको वैठकमा अवरुद्ध गरेको छ। ।आइतबार बसेको प्रदेशसभा बैठकको सुरुवातमा नै एमालेका सांसदहरुले रोष्ट®मबाट उठेर सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको विरोध गर्दै बैठक स्थगित गर्न माग गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले बस्न आग्रह गरेपनि विरोध कायम गरेपछि एमाले मुख्य सचेतक दीपक निरौलालाई बोल्ने समय उपलब्ध गराएका थिए । मुख्य सचेतक निरौलाले बजेटको विषयमा आफ्नो पार्टीको असन्तुष्टिको विषयमा सदनलाई जानकारी गराएका थिए । उनले पार्टीको धारणा राखेसँगै सभामुख श्रेष्ठले प्रदेशसभाको वैठक सोमबार विहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए । प्रदेशसभाको वैठक अगाडि बसेको एमाले संसदीय दलको वैठकले समेत बजेटप्रति असन्तुष्टी व्यक्त गरेको थियो ।