एमालेले मुख्यमन्त्रीलाई फिर्ता ग¥यो बजेट पुस्तिका

साझाकुरा
२०७९ असार १३, सोमबार ०८:५६

हेटौंडा-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पुस्तिका सरकारलाई नै फिर्ता गरेको छ । एमालेले बजेट संशोधन गरेर आउनुपर्ने माग गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाइ बजेट पुस्तिका फिर्ता गरेको हो । प्रदेशको सबैभन्दा ठूलो दललाई बाइपास गरेर बजेट निर्माण गरिएको आफ्नो सरकार हुँदा सुरु गरिएका योजनाहरू कटौती भएको र चुनाव लक्षित कार्यक्रम ल्याएको एमालेको आरोप छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर एमालेका सांसदहरूले आफूहरूको योजना बजेटमा नसमेटिएको भन्दै विरोध गरेर बजेट वक्तव्य फिर्ता गरेका थिए । बजेट सन्तुलित नभएको र यसले जनताको हित पनि नगर्ने एमाले संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले बताइन् । उनले चुनाव लक्षित गरेर साना योजना ल्याइएको भन्दै बजेट संशोधन भएर नआएसम्म संसद चल्न नदिने बताइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*