जिल्लामै खेलाडी उत्पादनमा उपमेयर बानियाँको जोड

साझाकुरा
२०७९ असार १९, आईतवार १०:५४

हेटौंडा- हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जिल्लामै खेलाडी उत्पादनमा जोड दिएका छन् । शनिबार नागस्वती भेट्रान्सको पहिलो साधारण सभालाई सम्बोधन गर्दै उनले मकवानपुरमा फुटबल खेलाडी उत्पादनमा जोड दिन भेट्रान्स खेलाडीहरुलाई आग्रह गरेका हुन् । जिल्लामा हुने प्रतियोगितामा बाहिरबाट खेलाडी किन्नुपर्ने बाध्यतालाई अब बन्द गराउन जिल्लामै खेलाडी उत्पादनमा लाग्न आग्रह गरेका छन् । उपमहानगरले यस पटकको बजेटमा खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउदै नागस्वती भेट्रान्सलाई पनि समेटेर अगाडी बढ्ने बताए ।

४० वर्ष माथिका पूर्व राष्ट्रिय खेलाडीहरुले पछिल्लो समय मकवानपुरमा फुटबलखेललाई चलायमान गराउन खेलेको प्रशंसा गर्दै बानियाँले अझ सक्रिय भएर भेट्रान्स खेलाडीहरु लाग्नुपर्नेमा जोड दिए । नागस्वती भेट्रान्स जिल्लामा खेलाडी उत्पादन गर्ने मुहान भएको भन्दै क्लबलाई सक्रिय रहेर खेलका गतिविधि बढाउन आग्रह गरे । क्लबका अध्यक्ष सोमबहादुर तितुङको अध्यक्षतामा भएको साधारण सभामा क्लबका द्धितीय उपाध्यक्ष गोकुलनाथ पौडेलले स्वागत भनाइ राखेका थिए । कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य तथा फुटबल संघका अध्यक्ष टिका लामा, हेटौडा ७ का वडा अध्यक्ष दामोदर गौतम, वडा न ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा नम्बर ८ का अध्यक्ष राम थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, हेटौडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्रचार्य, हेटौडा ७ का पुर्व वडा अध्यक्ष राजन थापा लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा जिल्लाका पूर्व खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*