नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रम सुरु
हेटौंडा- प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा हेटौंडामा नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशका विभिन्न स्थानीय तहका ७० जना युवाहरुको सहभागितामा नमुना प्रदेश युवा सभा सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले संसदको राम्रो अध्यास गर्न आग्रह गरे । संसदमा हुने गरेको विकृतीहरुलाई छोडेर राम्रा अभ्यास मात्र गर्न पनि उनले अनुरोध गरे ।कार्यक्रममा प्रदेशसभाका सदस्य प्रेम बहादुर पुलामीले युवाहरुलाई राजनीति प्रति वितृष्णा भइरहेको समयमा यो कार्यक्रम प्रभावकारी रहेको बताए ।प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले संसदीय अभ्यास सिकाउनका लागि कार्यक्रम गरिएको बताए । कार्यक्रम पाँच दिन सम्म चल्ने छ ।