बुद्ध माविले उचाल्यो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी

साझाकुरा
२०७९ असार २०, सोमबार १०:३१

हेटौंडा- बकैया गाउँपालिकाका बुद्ध माविले १२ औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधीे जितेको छ ।आइतबार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ३ रजत र ३ कास्यसहित बुद्ध माविले उपाधी जितेको हो । प्रतियोगितामा थाहा नगरपालिकाको जनकल्याण मावि ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित जनकल्याण द्वितीय भएको छ । यस्तै हेटौंडा उपमहानगरपालिकाका जनकल्याण मावि ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयका खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा जिल्लाका सात स्थानीय तहले मात्र सहभागिता जनाएका थिए । जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीहरुले शनिबार र आइतबार हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*