बागमती प्रदेशको १९ दिनको खर्च करिब ४ अर्ब

साझाकुरा
२०७९ असार २१, मंगलवार ११:३३

हेटौंडा-बागमती प्रदेश सरकारले पछिल्लो १९ दिनमा करिब ४ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । बजेट खर्चमा सधैं कमजोर देखिदै आएको प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम महिनाको १९ दिनमा नै करिब ४ अर्ब रुपैयाँ बजेट खर्च गरेको हो । २४ अर्ब रुपैयाँ खर्चिन ११ महिना अर्थात ३३० दिन लगाएको प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको १९ दिनमा नै तीन अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यो खर्च दैनिक रुपमा २१ करोड भन्दा बढी हुन आउँछ । आर्थिक वर्षको ११ महिना अर्थात ३३० दिनसम्म दैनिक रुपमा ७ करोड ४२ लाख ११ हजार पाँचसय १५ को हाराहारीमा खर्च गर्ने गरेको सरकारले आर्थिक वर्षको अन्तिम महिनामा दैनिक खर्चलाई २१ करोड ४ लाख ५७ हजार ८ सय ९४ रुपैयाँको हाराहारीमा पु¥याएको छ । आर्थिक वर्ष सकिनै लाग्दा भने सरकारले दैनिक खर्चलाई १३ करोड ६२ लाख रुपैयाँले बढाएको छ ।

चालु आर्थिक वर्ष २०७८÷७९ को ११ महिना अर्थात जेठसम्ममा सरकारको बजेट खर्च ४२ प्रतिशत मात्रै थियो । तर, पछिल्लो १९ दिनमा सरकारले बजेट खर्चलाई ४९ प्रतिशत पु¥याएको छ । चालू आव २०७८÷०७९ मा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।असार महिनाको १९ दिन अर्थात सोमबारसम्ममा सरकारको कुल बजेट खर्च २८ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जसमा चालुतर्फ २३ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बजेट रहेकोमा १४ अर्ब एक करोड ६४ लाख रुपैयाँ खर्च भएको छ । यो चालु कूल बजेटको ६१ प्रतिशत खर्च हो । त्यस्तैगरी पूँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ बजेट ल्याएको सरकारले हालसम्म १३ अर्ब १७ करोड २१ लाख रुपैयाँ खर्च गर्न सकेको छ । यो ४० प्रतिशत खर्च हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अत्याधिक रुपमा बजेट खर्चलाई बढाएको छ ।

उक्त मन्त्रालयले ११ महिनाको ३३० दिनमा २० करोड १२ लाख खर्च गरेको कार्यालयले १९ दिनमा नै ३० करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । पछिल्लो १९ दिनमा सबैभन्दा धेरै बजेट खर्च मुख्यमन्त्री कार्यालयको नै बढेको देखिन्छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले पछिल्लो १९ दिनमा मात्रै ८५ करोड ३७ लाख रुपैयाँ बजेट खर्च गरेको छ । ९ अर्ब ७ करोड ४६ लाख रूपैयाँ ११ महिना लगाएको यस मन्त्रालयले असारको १९ दिनमा नै ८५ करोड ३७ लाख रुपैयाँ खर्च गरेको हो । सामाजिक विकास मन्त्रालयले असारको १९ दिनमा ७७ करोड ६० लाख रुपैयाँ बजेट खर्च गरेको छ । उक्त मन्त्रालयले ११ महिनामा तीन अर्ब ७२ करोड तीन लाख रूपैयाँ मात्रै बजेट खर्च गरेको थियो ।

उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले पनि आर्थिक वर्षको अन्तिममा आफ्नो खर्चलाई बढाएको छ । चालु आवको ११ महिनाको अवधिमा एक अर्ब ५७ करोड ६९ लाख खर्च गरेको मन्त्रालयले १९ दिनमै ३८ करोड तीन लाख रुपैयाँ बजेट खर्च गरेको छ । एक अर्ब १९ करोड २२ लाख खर्च गर्न ३३० दिन अर्थात ११ महिना लगाएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि १९ दिनमा ३३ करोड ९३ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि बजेट खर्चलाई बढाउदै १९ दिनमा १५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । ११ महिनामा २० करोड ७८ लाख खर्च गरेको उक्त मन्त्रालयले १९ दिनमै १५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि पछिल्लो १९ दिनमा ९ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ । उक्त मन्त्रालयले जेठ मसान्तसम्म ११ महिनाको अवधिमा २५ करोड ४ लाख ९५ हजार रूपैयाँ मात्रै खर्च गर्न सकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*