राजनैतिक प्रतिशोध साधेर वडाध्यक्षलाई फसाउन खोजिएको कांग्रेसको आरोप

साझाकुरा
२०७९ असार २६, आईतवार १०:०७

हेटौंडा- नेपाली कांग्रेस कैलाश गाउँ समितिले स्थानीय तहको निर्वाचनमा हार व्यहोरेका दलहरुले षड्यन्त्र रचेर कैलाश–९ का वडाध्यक्षलाई फसाउन खोजेको आरोप लगाएको छ ।शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कांग्रेसको कैलाश गाउँपालिकाका सभापति राजेन्द्र घिसिङले कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिं घलानलाई
राजनैतिक प्रतिशोधको कारण फसाउन खोजिएको बताएका हुन् । उनले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएका कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविका विद्यार्थीमाथि यौन दूव्र्यवहार भएको घटनामा वडाध्यक्ष घलान संलग्न भएको भन्ने आरोपप्रति ध्यानाकर्षण भएको जनाए । असार १८ गते विद्यालयका शिक्षककै अनुरोधमा विद्यार्थीहरु रहेको हेटौंडा–१० स्थित आसन गेष्ट हाउसमा पुगेको र शिक्षककै आग्रहमा वडाध्यक्ष पनि होटलमै बसेको कांग्रेसले उल्लेख गरेको छ ।

कांग्रेसको कैलाश गाउँपालिकाका सभापति घिसिङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘बेलुका अन्दाजी साढे ९ बजेतीर खेलमा सहभागी भएका खेलाडीहरुले हल्ला गरेपछि माथी गएर हल्ला नगर्न र चुप लागेर बस्न आग्रह गरेको भन्ने जानकारी प्राप्त भएको छ । नेपाली कांग्रेसको तर्फबाट हालै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा कैलाश गाउँपालिका ९ नम्वर वडाध्यक्षमा निर्वाचित भुवन सिं घलानमाथी आरोप प्रमाणित नभएको अवस्थामा एकाएक यौन दुव्र्यवहार गरेको समाचार सञ्चारमाध्यमबाट सुन्दा हामी अचम्मित छौ’, उनले भनेका छन् ‘हालै सम्पन्न स्थान्ीय तह सदस्य निर्वाचनमा जनताको मतबाट बहिस्कृतमा परेका राजनीतिक दलहरुले अत्यन्तै घृणित र तल्लो स्तरको एउटा जननिर्वाचित वडाध्यक्ष जस्तो राजैनतिक व्यक्तिलाई अनाहकमा यौन दुव्र्यवहार जस्तो घृणित आरोप लगाउने राजनैतिक दलप्रति घोर भत्सर्ना गर्दछौ र राजनैतिक स्रमै प्रतिष्पर्धा गर्न आह्वान गर्दछौ ।’

प्रतिस्पर्धी राजनीतिक दल र राजनीतिक दल प्रेरित अधिकारकर्मीले एकलौटी आरोप लगाएको पनि काँग्रेसको दावी छ । सत्यतथ्य बुझेर पीडितलाई कानुनी उपचार दिलाउन पनि काँग्रेसले माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*