समाजवादी समझदारी प्रति इमान्दार देखिएनः बानियाँ

साझाकुरा
२०७९ असार २७, सोमबार ११:३३

हेटौंडा- नेपाली कांग्रेस वागमती प्रदेशका सभापति एवं संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले समाजवादी विगतको समझदारी प्रति इमान्दार नदेखिएको बताएका छन् ।
रामेछापको मन्थलीमा आइतबार पत्रकार भेटघाटमा उनले प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि पूर्वसहमति कार्यान्वयन गर्न नेकपा एकीकृत समाजवादी ईमान्दार नदेखिएको बताएका हुन् ।गठबन्धनमा माओवादी केन्द्र इमान्दार रहेको समेत उनको भनाइ थियो । पूर्वसहमति अनुसार सरकारको नेतृत्व स्थानीय तहको निर्वाचन सकिनासाथ फेर्नुपर्नेमा बजेटका कारण केही समय छोडिएको उनले बताए ।

पार्टीलाई स्थानीय तहको निर्वाचनमा ऐतिहासिक सफलता आएको बताउँदै उनले आउने निर्वाचनमा समेत पार्टीलाई अब्बल अवस्थामा राख्न सबै कार्यकर्ताहरुले एकता भएर काम गर्नुपर्नेमा जोड दिए । उनले गठबन्धनको नेतृत्व परिवर्तनका लागि पनि संसदमा दस्तखत बुझाउनुपर्ने र मुख्यमन्त्रीको राजीनामा साथै लैजाने गरी मुख्यमन्त्रीसँग छलफल गराएर नै दस्तखत अभियान चलाइएको विषयलाई तोडमोड गरेर प्रचार थालेकोमा गुनासो गरे । पार्टीले अबको निर्वाचनमा केन्द्रीय गठबन्धनलाई जोड दिने भएकाले त्यसलाई
सिरोपर गरेर गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउनु पर्ने उनको भनाइ थियो । बानियाँले गठबन्धन भएन भने पनि कांग्रेसलाई एक्लै विजय गराउनका लागि सक्षम बनाउन कार्यकर्ता परिचालन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*