राक्सिराङको बजेट सर्वसम्मतीले पारित

साझाकुरा
२०७९ असार २९, बुधबार ०९:१७

हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको ६२ करोड ३४ लाखको बजेट सर्वसम्मतिले पारित भएको छ । मंगलबार भएको बाह्रौ गाउँसभाबाट बजेट सर्वसम्मतिले पारित भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ले जानकारी दिए । गाउँसभाको दोस्रो बैठकमा विनियोजन विधेयक २०७९, न्यायिक समितिको सदस्य मनोनयन, आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान, विधायन समिति र लेखा समितिको गठन र चेपाङ संरक्षित क्षेत्र घोषणासम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ ।
१० असारमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले ६२ करोड ३४ लाख १५ हजार आनुमानित बजेट सार्वजनिक गरेका थिए । चालुतर्फ ३५ करोड ७५ लाख ७ हजार ५ सय, पूँजीगततर्फ २६ करोड ५९ लाख ७ हजार ५ सयको खर्च अनुमान गरिएको छ ।

राक्सिराङलाई संघीय सरकारबाट ४३ करोड ५५ लाख १७ हजार, प्रदेश सरकारबाट ९ करोड ५७ लाख ५८ हजार विभिन्न शीर्षकका बजेट प्राप्त भएको उपाध्यक्ष थिङले बताए । ९ करोड २१ लाख ४० हजार गाउँपालिकाको आन्तरिक आम्दानी अनुमान गरिएको छ । बजेटले पूर्वाधार विकास, शिक्षा, कृषिका क्षेत्रमा प्राथमिकताले बजेट बिनियोजन गरिएको उपाध्यक्ष थिङले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*