प्रदेश प्रमुख शर्मासमक्ष लेखापरीक्षण प्रतिवेदन पेश

साझाकुरा
२०७९ असार ३०, बिहीबार ११:५३

हेटौंडा- महालेखा परीक्षकको कार्यालयले बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष बागमती प्रदेशको गत आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन पेश गरेको छ ।नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक त्रिलोचन आचार्यले चौथो प्रादेशिक लेखा परीक्षण प्रतिवेदन पेश गरेका हुन् ।प्रतिवेदन बुझाउने कार्यक्रममा नायव महालेखा परीक्षक आचार्यले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा गरेको आर्थिक कारोबारको लेखा परीक्षण गरी तयार पारिएको प्रतिवेदनबारे चर्चा गरेका थिए ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानबमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा महालेखा परीक्षकबाट आर्थिक वर्ष २०७७÷०७८ को बागमती प्रदेशभित्रका सार्वजनिक निकायको लेखाको परीक्षण गरी तयार गरिएको प्रतिवेदनले सुशासनलाई अंगीकार गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गरेका छन् । महालेखा परीक्षकको कार्यालयको सक्रियताले सार्वजनिक हितमा प्रभावकारी प्रतिफल दिने गरी आर्थिक क्रियाकलाप संचालन गर्न प्रदेशका सम्बद्ध सार्वजनिक निकायलाई मार्गदर्शन गर्न र बेरुजु घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारसमणि फुयाँल, महालेखा परीक्षकको कार्यालयका निर्देशक थवराज अधिकारी, लेखा परीक्षण अधिकारी दीपक आचार्य, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, शाखा अधिकृत इन्दिरा पौडेल, कानून अधिकृत प्रकाश चापागाईलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*