अनेरास्ववियु एमएमसी अध्यक्षमा रेग्मी

साझाकुरा
२०७९ असार ३१, शुक्रबार ११:४२

हेटौंडा- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस (एमएमसी) कमिटी अध्यक्षमा प्रसिद्ध रेग्मी चयन भएका छन् । क्याम्पस कमिटीको बिहीवार भएको सम्मेलनले रेग्मीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति बनाएको हो । एमालेको भातृ संगठन अनेरास्ववियुको उपाध्यक्षमा रामचन्द्र ब्लोन, सचिवमा कैलाश लम्साल, सहसचिवमा सुजल विश्वकर्मा, सहसचिवमा दिपिका तिमल्सिना, सहसचिवमा दिपेश अर्याल, कोषाध्यक्षमा साकार ढुंगेल चयन भएको अनेरास्ववियु जिल्ला कमिटी मकवानपुर सचिव पुष्कर तिमल्सिनाले जानकारी दिए । अनेरास्ववियु केन्द्रीय कमिटीका महासचिव समिक बडालको प्रमुख आतिथ्यतामा सम्मेलन भएको हो ।सम्मेलनमा नेकपा एमाले नेतृ जुनेली श्रेष्ठ, मकवानपुरका सचिव नवीन सिग्देल, एमाले जिल्लाका उपसचिव हिदम लामा, अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेल, अनेरास्ववियु मकवानपुरका पूर्वअध्यक्षहरु सन्तोष पौडेल, शिवहरि दहाललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*