गोपालीको अध्यक्षतामा थाहा नगर भलिबल संघ

साझाकुरा
२०७९ श्रावण १, आईतवार ०९:१७

हेटौंडा- भलिवल खेलको उर्वर भूमि थाहा नगरपालिकामा भलिबल संघ गठन भएको छ । भलिबल संघको अध्यक्षमा न्ह्युछेमान गोपाली चयन भएका छन् । शनिवार थाहा नगरपालिकामा भएको भेलाले गोपालीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको हो । भेलाको जिल्ला भलिवल संघले आयोजना गरेको थियो । संघको उपाध्यक्षमा निरन थापा, सचिवमा शृजन बस्नेत, कोषाध्यक्ष राधा गोपाली तथा सदस्यहरुमा विशाल गोपाली, सुमिता वाइवा, बेल बहादुर गोले, हरेराम कार्की, भाइकाजी बलामी, रामचन्द्र गोले, राजेन्द्र बलामी चयन भएका छन् । संघको सल्लाहकारमा सुमन रायमाझी र शंकर लामा चयन भए ।

भलिवल संघको तर्फबाट सुवित्र थिङलाई थाहा नगरपालिका खेलकुद विकास समितिको सदस्यमा सिफारिस गर्ने भेलाले निर्णय गरेको छ । जिल्ला भलिवल संघका कोषाध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको भेलामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता थियो । गोपालीले नव गठित संघका पदाधिकारीलाइ शुभकामना दिँदै खेलकुद विकासमा थाहा नगर कटिबद्ध रहेको बताए । नगरपालिकाले खेलाडी उत्पादनमा जोड दिने उनको प्रतिबद्धता छ ।

भेलामा जिल्ला भलिवल संघका उपाध्यक्ष इन्द्र प्रसाद सञ्जेल, वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, वडा नम्बर २ का बमबहादुर सिङ्तान, भलिवलका पाचौं श्रेणीको प्रशिक्षक सन्तोष श्रेष्ठ, राष्ट्रिय खेलाडी इन्द्र बज्राचार्य, क्षेत्रीय खेलाडी सिसम माझीलगायतको आतिथ्यता थियो । जिल्ला भलिवल संघमा नयाँ नेतृत्व आएसँगै स्थानीय तहहरुमा भलिवल संघ गठन भइरहेका छन् । यसअघि मकवानपुरगढीमा भलिबल संघ गठन भएको थियो । जिल्लाका १० वटै स्थानीय तहमा स्थानीय भलिबल संघ गरेर गरेर भलिवल खेललाई बढावा दिइने जिल्ला संघका सचिव सन्तोष श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*