मकवानपुरबाट दुई उपाध्यक्षसहित ३ जनाको उम्मेदवारी

साझाकुरा
२०७९ श्रावण ७, शनिबार १०:५७

हेटौंडा- नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको हेटौंडामा भइरहेको नवौं महाधिवेशनमा मकवानपुरबाट तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
केन्द्रीय उपाध्यक्षमा दुई जना र एक जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । आज शनिबार हुने निर्वाचनका लागि खुला केन्द्रीय उपाध्यक्ष पदमा मकवानपुरका राममणि दाहाल, उपाध्यक्ष (बागमती प्रदेश) पदमा गिरिजाप्रसाद अधिकारीले शुक्रबार मनोनयन दर्ता गराएका हुन् । केन्द्रीय सदस्यमा राजन दाहाल खुशराजले उम्मेद्वारी दर्ता गराएका छन् । दाहाल संस्थापन इतरको प्यानलबाट उपाध्यक्ष पदको उम्मेदवार बनेका हुन् । अधिकारी संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार हुन् । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष दाहाल गोरखापत्र दैनिकको बागमती प्रदेश संयोजक हुन् । महासंघ मकवानपुरका पूर्वउपाध्यक्ष अधिकारी हेटौंडाबाट तु खबर डटकम अनलाइन सञ्चालन गर्छन् । सदस्य पदका उम्मेदवार दाहाल रेडियो मकवानपुरमा आवद्ध छन् । महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इत्तर पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ । महाधिवेशनमा दुवै पक्षले प्यानल बनाएर निर्वाचनमा होमिन लागेका हुन् । ८ वर्षपछि हुन लागेको महाधिवेशनमा आगामी तीन वर्षका लागि अध्यक्षमा संस्थापनबाट अनिता बिन्दु र संस्थापन इतरको समूहबाट शिव लम्सालले उम्मेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*