प्रेस युनियन महाधिवेशनः अध्यक्षमा लम्साल निर्वाचित

साझाकुरा
२०७९ श्रावण ९, सोमबार ११:०९

हेटौंडा- नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । लम्सालले अनिता बिन्दुलाई पराजित गरेका छन् ।
हेटौंडामा भएको नवौं महाधिवेशनबाट निर्वाचित युनियन अध्यक्ष लम्साल संस्थापन इतरको समूह शेखर कोइराला पक्षका हुन् । उनका प्रतिद्वन्द्वी बिन्दु संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षकी हुन् । लम्साल ८ वर्षअघि पोखरामा भएको महाधिवेशनमा संस्थापन पक्षका बद्री सिग्देलसँग अध्यक्ष पदमा पराजित भएका थिए । उनले दोस्रो प्रयासमा सफलता हात पारेका छन् । लम्सालको विजयसँगै युनियनमा संस्थापन पक्षको दबदबा तोडिएको छ । लम्साल ७ सय ३५ मतसहित विजयी हुँदा बिन्दुले ६ सय १२ मत पाइन् । अध्यक्ष पदको अर्का उम्मेदवार भुवन भट्टले १९ मत पाए ।

यसैगरी, हेटौंडा महाधिवेशनबाट पदाधिकारीमा अधिकांश संस्थापन इतरका उम्मेदवार विजयी भएका छन् । युनियनको वरिष्ठ उपाध्यक्षमा संस्थापन इतर समूहको लम्साल प्यानलका प्रेम केसी निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका सरोज अधिकारीलाई पराजित गरे । केसिले ६ सय ८५ मत ल्याएर विजयी हुँदा अधिकारीले ६ सय ६५ मत ल्याएका छन् । खुला उपाध्यक्षमा संस्थापन र इतर समूहबाट मिश्रीत नतिजा आएको छ । उपाध्यक्षमा इतरको पक्षको नकुल अर्याल ७ सय ७५ मत ल्याएर निर्वाचित भए ।
खुला उपाध्यक्षमै संस्थापन पक्षका भिष्मराज ओझा ६ सय ४० मतसहित बिजयी भए । उपाध्यक्षमा मकवानपुरका राममणि दाहाल
पराजित हुन पुगेका छन् । दाहाल संस्थापन इतर समूहका थिए ।
उनले ५ सय ९५ मत पाउँदा अर्का प्रतिस्पर्धी शेखर रेग्मिले ३ सय ९५ मत पाए । प्रदेश १ तर्फको उपाध्यक्षमा डिल्लिराम खतिवडा, मधेश प्रदेशतर्फको अनिल कर्ण, बागमतितर्फकोमा मुरारी अधिकारी, गण्डकीतर्फकोमा ऋषिकान्त पौडेल, लुम्बिनी तर्फकोमा माधव पौडेल, कर्णालीतर्फ राजेन्द्र बहादुर कार्की र सुदुरपश्चिमतर्फ प्रेम चुनारा विजयी भए ।
युनियनको महासचिवमा संस्थापन इतर समूहका दिलिप पौडेल निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका जगननाथ दुलाललाई पराजित गरेका छन् । पौडेलले ८ सय ७८ मत पाउँदा दुलालले ४ सय ५१ मत मात्रै पाए ।तीनजना खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रबिन्द्र सुवेदी विजयी भए । दुइजना महिला उपमहासचिवमा सस्थापन पक्षको दिलिपा श्री अधिकारी र सुलोचना गौतम विजयी भए ।

समावेशी उपमहासचिवमा अभय कुमार राई विजयी भएका छन् । उनले पवन श्रेष्ठलाई पराजित गरेका हुन् । ४ जनाको खुला सचिवमा केदार प्रसाद दाहाल,खगेन्द्र भण्डारी, भुवन शर्मा र तिर्थराज बस्नेत विजयी भए ।तीनजना महिला सचिवमा मेनुका ढुंगाना, पुस्पा शर्मा र रेजिना गौतमले जित हात पारे । मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको क्षेत्रको सचिवमा एलपि देवकोटा, खस आर्यको सचिवमा युवराज रेग्मी, रेडियोतर्फको सचिवमा नरहरी सापकोटा, छापातर्फको सचिवमा
राधा खनाल र कोषाध्यक्ष पदमा संस्थापन पक्षका माधव धिताल विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*