जग्गाको भाडा बढाउने निर्णयमा उद्योग संघको विरोध

साझाकुरा
२०७९ श्रावण १२, बिहीबार ०९:४४

हेटौंडा- उद्योग संघ मकवानपुर औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनि लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको विरोध गरेको छ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयले जग्गा भाडा बढाउने निर्णय गरेको भन्दै संघले विरोध जनाएको हो । उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै जग्गा भाडा दर वृद्धिप्रति संघको पूर्ण असहमति रहेको बताए ।

विभिन्न उद्योग संघहरु र औद्योगिक क्षेत्र उद्योग महासंघको प्रयासमा तत्कालीन समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले बढेको भाडा वृद्धि लागू नगर्न लिमिटेडलाई निर्देशन दिएको प्याकुरेलले स्मरण गराए ।कार्यालयले २०७५ को निर्णय अनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि उद्योगीहरुलाई काटेको छ । लिमिटेडले हेटौंडा औद्योगिक क्षेत्रको हाल कायम भाडा दरमा १३३ प्रतिशत वृद्धि गरेर सोही अनुसारको भाडा भुक्तानीका लागि पठाएको हो । लिमिटेडको २०७५ मंसिर ५ गतेको निर्णय अनुसारको भाडा तिर्नुपर्ने भन्दै ४ वर्ष पछि उद्योग प्रतिष्ठानहरुलाई पत्र काटेको जनाइएको छ ।

लिमिटेडले हेटौंडा औद्योगिक क्षेत्रको प्रति रोपनी १९ हजार ६९१ रुपैयाँको दरले भाडा भुक्तानी गर्न औद्योगिक क्षेत्रका १४९ वटा उद्योगहरुलाई पत्रसहित बिल पठाएको छ । ती उद्योगहरुलाई कुल १४ करोड भन्दा बढी रकमको बिल पठाइएको जनाइएको छ । बिल अनुसार हेटौंडा औद्योगिक क्षेत्रमा १७ रोपनी जग्गा भाडामा लिएर संचालन गर्दै आएको एउटा उद्योगले यसै महिनामा ९ लाख ५ हजार रुपैयाँ भाडा भुक्तानी गर्नुपर्ने भएको छ ।हेटौंडा औद्योगिक क्षेत्रमा रहेका १४९ वटा उद्योग मध्ये १३३ वटा संचालनमा रहेका छन् भने ५ वटा पुर्ण रुपमा बन्द अवस्थामा रहेको छ । ११ वटा उद्योग निर्माणाधिन अवस्थामा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*