राप्रपाको कमिटी विस्तार अभियान, ५ नम्बरमा बोगटी

साझाकुरा
२०७९ श्रावण १५, आईतवार १२:५२

हेटौंडा- हेटौंडा उपमहानगरको मेयर पदमा दोस्रो स्थानीय तह सदस्य निर्वाचनमा अप्रत्याशित मत ल्याएको राप्रपाले नगरभित्र कमिटी विस्तार अभियानलाई तीव्रता दिएको छ ।निर्वाचनमा नगरबासीबाट अप्रत्याशित मत पाएपछि नगरमा बलियो उपस्थिति जनाउँदै आएको राप्रपा मकवानपुरले शनिबार ५ नम्बर वडा कमिटी गठन गरेको छ । राप्रपा ५ नम्बर वडा कमिटीको नेतृत्व राजन बोगटीले गरेका छन् । बोगटीको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको राप्रप मकवानपुरका उपाध्यक्ष शंकरसिंह ठकुरीले जानकारी दिए ।

कमिटीको उपाध्यक्षमा सावित्री ढुंगाना, देवनारायण दुलाल, सचिवमा गोपाल बस्नेत र कोषाध्यक्षमा अमृत राई चयन भएको जिल्ला उपाध्यक्ष ठकुरीले जानकारी दिए । वडा भेला राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको हो ।भेलालाई सम्बोधन गर्दै सिंहले देशलाई फिजिकरण गर्ने षड्यन्त्रबाट नागरिकता विधेयक आएको बताएका छन् । उनले नागरिकता विधेयकबारे सदनमा छलफल नै नगरी पास गरिनुले भित्रभित्रै ठूलो षड्यन्त्र बुन्ने काम भएको र मुलुकको अस्मितामाथि खेल्नेकाम सुरु भएको आरोप लगाए । सिंहले नागरिकता विधेयकले मुलुकलाई समस्यामा पार्ने बताउँदै फिर्ता लिन आग्रह गरे । भेलामा राप्रपा जिल्ला उपाध्यक्ष सागर थापा, ज्ञानेन्द्र राज ढुङगेल, शकरसिंह ठकुरी, सहसचिव लक्ष्मण सापकोटा, किसान संगठनका केन्द्रीय उपाध्यक्ष यदुनाथ तिमल्सिना, सदस्य देवनारायण सापकोटा, क्षेत्रीय सचिव विकास दुलाल र महिला संगठन जिल्ला अध्यक्ष बालकुमारी डल्लाकोटी लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*