२७ करोड ६४ लाखको गाडी किन्ने बागमती सरकारको तयारी

साझाकुरा
२०७९ श्रावण १९, बिहीबार ११:५०

हेटौंडा- साढे ४ वर्षको अवधिमा एक अर्ब १७ करोड रुपैयाँ भन्दा बढी सवारी साधन खरिद, मर्मत र इन्धनको लागि मात्रै खर्च गरेको बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि २७ करोड ६४ लाख २० हजार रुपैयाँको गाडी किन्ने तयारी गरेको छ । गवठबन्धनमा भागवण्डाको लागि मन्त्रालय विभाजन गरेको प्रदेश सरकारले चालू आर्थिक वर्षमा २७ करोड ६४ लाख २० हजार रुपैयाँको गाडी किन्ने योजना बनाएको हो । प्रदेश सरकारले चालू आवमा सवारी साधन मर्मतसम्भारका लागि ७३ करोड ८५ लाख ५७ हजार रुपैयाँ छुट्याएको छ । सरकारले चालू आर्थिक वर्षमा सवारी साधन खरिद नगर्ने बताएपनि आन्तरिक रुपमा सवारीसाधन खरिद गर्नको लागि योजना बनााएको पाइएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद खनालले सरकारको दैनिक कामकाजलाई सघाउ पुग्ने भएकाले आवश्यकताको आधारमा सरकारले सवारी साधनहरू खरिद गर्ने बताए । उनले पछिल्लो समय मन्त्रालय र प्रादेशिक संरचना बढेसँगै सवारी साधनको आवश्यकता बढी भएको उनले बताए । उनले संरचना बढ्दा सवारी साधन खरिद र सोको मर्मत तथा इन्धन खर्च बढ्नु स्वाभाविक भएको बताए ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार प्रदेश सरकारले स्थापना भएको साढे ४ वर्षको अवधिमा सवारी साधन खरिद गर्ने, मर्मत गर्ने तथा ईन्धन हाल्नको लागि मात्रै एक अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च गरेको थियो । प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८÷०७९ मा मात्रै सवारी साधन खरिद तथा मर्मत र इन्धनमा कुल ४७ करोड २६ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले मन्त्री, राज्यमन्त्री तथा मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूका लागि गत आर्थिक वर्षमा ३० करोड १० लाख ४९ हजार ४६९ रुपैयाँ बराबरको सवारी साधन खरिद गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारका विभिन्न निकाय र कार्यालयले सवारी मर्मत बापत गत आर्थिक वर्षमा ८० करोड १ लाख १४ हजार ७४९ रुपैयाँ खर्चेको छ । प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री र पदाधिकारीहरूले प्रयोग गर्ने सवारी साधनमा ९० लाख ३० हजार ८६४ रुपैयाँको इन्धन खर्च गरेको उनले बताए । त्यस्तै प्रदेश सरकारका निकायहरूको प्रयोजनका लागि गत आर्थिक वर्षमा ८ करोड २४ लाख ७२ हजार २३८ रुपैयाँ खर्च गरेको सूचना अधिकारी रिजालले बताए ।

यसअघि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा १६ करोड २९ लाख ७ हजार रुपैयाँ सवारी साधन शीर्षकमा खर्च गरेको थियो । सरकारले आर्थिक वर्ष ०७६÷७७ मा ५ करोड ४० लाख ५८ हजार रुपैयाँ र आर्थिक वर्ष २०७५÷०७६ मा २६ करोड ४७ लाख ८३ हजार ४६४ रुपैयाँ बराबरको सवारी खरिद गरेको थियो ।
त्यस्तैगरि सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा ८ करोड १ लाख १४ हजार ७४९ रुपैयाँ सवारी मर्मतमा खर्च गरेको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कार्यालयका सूचना अधिकारी रिजालले प्रदेश सरकारका पदाधिकारीले ०७५÷०७६ मा १ करोड ६८ लाख ६१ हजार ६२६ रुपैयाँ बराबरको इन्धन खर्च गरेको जानकारी दिए । उनले कार्यालय प्रयोजनमा २ करोड ६ लाख ५६ हजार ८९६ रुपैयाँ, ०७६÷०७७ मा पदाधिकारी तर्फ ३६ लाख ९० हजार ६३४ रुपैयाँ र कार्यालय प्रयोजनमा ५ करोड ३६ लाख १९ हजार १७७ रुपैयाँ इन्धन खर्च भएको बताए । पदाधिकारीका लागि आर्थिक वर्ष ०७७÷०७८ मा ४५ लाख ९८ हजार ८६४ रुपैयाँ इन्धन शीर्षकमा खर्च भएको छ भने कार्यालय प्रयोजनमा ६ करोड ५४ लाख १३ हजार ४३१ रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा भने पदाधिकारीतर्फ इन्धन खर्च ९० लाख ३० हजार ८६४ रुपैयाँ र कार्यालय प्रयोजनमा ८ करोड २४ लाख ७२ हजार २३८ रुपैयाँ खर्च भएको छ ।त्यसैगरी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा ३ लाख २५ हजार ६६१ रुपैयाँ सवारी साधन भाडा खर्च बापत भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा भने सवारी साधन भाडा बापत १ लाख ६६ हजार २५० रुपैयाँ, आर्थिक वर्ष २०७७÷०७८ मा ३३ हजार ९०० र गत आर्थिक वर्षमा पनि सोही अनुपातमा सवारी साधन भाडा बापत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*