स्तनपानले शिशुको प्रारम्भिक विकासमा महत्वपूर्ण भूमिका खेल्छः मन्त्री लामा

साझाकुरा
२०७९ श्रावण १९, बिहीबार ११:५९

हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले स्तनपानले शिशुमा प्रारम्भिक विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।‘विश्व स्तनपान सप्ताह २०२२’ को सन्दर्भ पारेर मन्त्री लामाले सन्देश जारी गर्दै मन्त्री लामाले तनपानले शिशुमा प्रारम्भिक विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् । उनले सरकारले स्तनपान विषयलाई प्रोत्साहन गर्ने उद्धेश्यले राखेर महत्वपूर्ण रुपमा लिएको पनि उल्लेख गरेका छन् । मन्त्री लामाले भनेका छन्, ‘अगष्ट १ देखि ७ सम्म नेपालमा पनि मनाइँदैछ ।

नेपालमा पनि स्तनपान विषयलाई प्रोत्साहन गर्ने उद्धेश्यले राखिएको छ र यसलाई नेपाल सरकारले धेरै महत्वपूर्ण रुपमा लिएको छ । स्तनपानले शिशुमा प्रारम्भिक विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्छ । विश्व स्तनपान सप्ताहको अवसरमा स्तनपानका फाइदाहरूबारे जनचेतना फैलाउन र स्तनपानका फाइदाहरूबारे चेतनाका कार्यक्रम आयोजना गरिन्छ ।’ विश्व स्तनपान सप्ताह २०२२ स्तनपानमा अग्रसर हुनका लागि ज्ञान दिऔं र समर्थन गरौं’ भन्ने नाराका साथ विश्वभर स्तनपान दिवस मनाइने गरेको भन्दै मन्त्री लामाले ‘विश्वमा सन् २०१६ देखि विश्व स्तनपान सप्ताहलाई संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यसँग पंक्तिवद्ध गरिएको छ । सन् २०१८ मा विश्व स्वास्थ्य सभाको प्रस्तावले विश्व स्तनपान सप्ताहलाई महत्वपूर्ण प्रवद्र्धन गर्ने रणनीतिको रुपमा समर्थन गरेको उल्लेख गरेका छन् ।

यस पटकको स्तनपान सप्ताह समाजका विभिन्न तहहरुमा स्तनपानको संरक्षण, प्रवद्र्धन र समर्थन गर्ने अभियन्ताहरुको क्षमतालाई अझ मजबुद बनाउनमा केन्द्रित हुने उनले जारी गरेको सन्देशमा भनिएको छ । अभियन्ताहरुले स्तनपानको लागि समर्थनको न्यानो श्रृखंला बनाउँछन् भन्ने सन्देश मार्फत् उनले विश्वास व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*