अनेरास्ववियुको अध्यक्षमा मैनाली

साझाकुरा
२०७९ श्रावण २०, शुक्रबार ११:४३

हेटौंडा- नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको अध्यक्षमा भुवन मैनाली चयन भएका छन् । अनेरास्ववियुको २७ औं जिल्ला अधिवेशनले मैनालीलाई अध्यक्षमा चयन गरेको हो । उनको नेतृत्वमा ३९ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको छ । कमिटीको उपाध्यक्षमा अमृत बर्तौला, सचिवमा पुष्कर तिमल्सिना, सहसचिवमा प्रमोद फुँयाल, दिनेश हुमागाइँ, स्वेच्छा दंगाल र कोषाध्यक्षमा सबिना ढकाल सर्वसम्मत चयन भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*